काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्ध मोर्चाबन्दी कसेका सर्वोच्च अदालतका न्यायाधीशहरु छलफलमा जुटेका छन् ।

प्रधानन्यायाधीश जबराले बोलाएको पूर्ण बैठक (फुल कोर्ट) बहिस्कार गर्ने निर्णय गरेका न्यायाधीशहरुले अलग्गै छलफल थालेका हुन् । प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा भागबण्डा खोजेको र न्यायालयको आचरणविपरीत काम गरेको भन्दै उनीविरुद्ध न्यायाधीशहरु उत्रिएका हुन् ।

प्रधानन्यायाधीश जबराले सोमवार (आज) का लागि नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँगको सहमतिमा फुल कोर्ट बोलाएका थिए । तर न्यायाधीशहरुले नै बहिस्कार गर्ने भएपछि फुल कोर्ट बस्ने सम्भावना छैन ।

आजका लागि ७ वटा इजलासमा पेशी तोकिएको भए पनि इजलास समेत बस्न सकेको छैन । प्रधानन्यायाधीश बाहेक राजधानीमा उपलब्ध १४ जना न्यायाधीश नै इजलास बहिष्कार हुने गरी बैठकमा बसेपछि इजलास शुरू हुन नसकेको जनाइएको हो ।

आइतबार पनि न्यायाधीशहरू अलग्गै बैठक बसेर प्रधानन्यायाधीशले बोलाएको फुल कोर्ट बहिस्कार गर्ने सहमतिमा पुगेका थिए । दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी लगायत न्यायाधीहरु अलग्गै छलफलमा सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय