
एजेन्सी । फेसबुकको आन्तरिक कागजात चुहावटको आलोचनाको बावजुद, पनि कम्पनीले पछिल्लो त्रैमासिकमा अपेक्षित भन्दा राम्रो कमाइ गरेको जनाएको छ ।
फेसबुकले जुलाईदेखि सेप्टेम्बरसम्म ९ अर्ब डलर नाफा कमाएको छ । अघिल्लो वर्ष ७.८ अर्ब डलर मात्र कमाएको थियो ।


फेसबुकका पूर्व कर्मचारी फ्रान्सिस होगनले फेसबुकलाई अनैतिक व्यवहार गरेको आरोप लगाएपछि यो नतिजा आएको हो ।
फ्रान्सिस होगनले फेसबुकका धेरै आन्तरिक कागजातहरू मिडियामा प्रकाशित गरे। उनले कम्पनीले प्रयोगकर्ताको सुरक्षाभन्दा आम्दानीलाई बढी महत्व दिएको आरोप लगाए ।
धेरै मिडिया रिपोर्टहरूले कागजातहरूले फेसबुकले अमेरिका बाहिर घृणायुक्त भाषण र यौन बेचबिखनलाई बढावा दिने सामग्री ट्र्याक गर्न असफल भएको देखाएको छ।
फेसबुकका अनुसार एक वर्षमा यसको मासिक प्रयोगकर्ताको संख्या ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेको छ ।
तर, एप्पलको प्राइभेसी नियमका कारण फेसबुकले विज्ञापनबाट हुने आम्दानीमा केही घाटा बेहोरेको छ । कम्पनीको नाफा राम्रो भए पनि आम्दानीमा असर परेको छ ।
फेसबुकले प्राइभेसी अपडेटले आगामी त्रैमासमा यसको डिजिटल व्यवसायमा पनि प्रभाव पार्ने जनाएको छ।