काठमाडौं । नवलपुरको दाउन्नेमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर छ ।

कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस दाउन्नेको ओरालो कटेपछि अनियन्त्रित भई पल्टिँदा बसमा आगो लागेको नवलपुर प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको र अन्यको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

दुर्घटनापछि बसका चालक फरार भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय