
काठमाडौं । मिलेनियमन च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले सम्झौता अगाडि बढाउने नबढाउने विषय नेपालको हातमा रहेको बताएको छ ।
आइतबार वक्तव्य जारी गर्दै एमसीसीले केही पहिले भएको नेपाल भ्रमणका क्रममा आफ्ना अधिकारीहरुले एमसीसी सम्झौताबारे स्पष्टीकरण दिएको र सरकारले पनि सम्झौतालाई अघि बढाउने प्रतिवद्धता जनाएको बताएको छ ।
तर संसदले यसलाई अनुमोदन नगर्दा लाखौं नेपाली लाभ लिनबाट बञ्चित भएको भन्दै एमसीसीले भनेको छ, ‘एमसीसी सम्झौता अनुमोदनमा ढिलाई हुँदा ५०० मिलियन डलरको अनुदान सहायता र २ करोड ३० लाख नेपाली जनताको भरपर्दो विद्युत र सुरक्षित सडकको सुविधालाई जोखिममा पारेको छ ।’


एमसीसीले अघि भनेको छ, ‘सम्झौतालाई अघि बढाउने निर्णय अब नेपालको हातमा छ ।’