काभ्रे, महाभारत । स्थानीय तहहरु प्रबिधिलाई अधिकतम प्रयोग गर्दै दैनिक कामहरु छिटो छरितो गर्नमा प्रयास गरिहेका छन् । यसै क्रममा महाभारत गाँउपालिकाले पनि अनलाइन प्रणाली मार्फत पञ्चीकरणको काम थालेको हो ।
गाँउपालिकाको ६ न वडामा बैशाख १ गतेदेखि सुरु गरेर हाल १ र २ न वडा कार्यालयबाट पनि अनलाइन बाट ब्यतिगत घटना दर्ताको सुरुवात गरेको छ । गाउँपालिकमा यस्तो व्यवस्थाको सुरुवात भएको र सबै भन्दा पहिला ६ नं वडा कार्यालय बाट र त्यसपछि १ र २ नं. वडामा सुचारु गरेको महाभारत गाउँपालिकाको राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण शाखा महाभारत सेवा इकाई एम.आई.एस. फिल्ड सहायक कोकिल स्याङतानले जानकारी दिनुभयो ।


यो प्रणाली प्रयोगमा ल्यायसँगै अब वडा भित्र बसोबास गर्ने हरेक नागरिकले डिजिटल जन्म दर्ता, बिबाह दर्ता,मृत्यु दर्ता र ब्यक्तिगत घटना दर्ता प्रमाणपत्र प्राप्त गर्ने वडा नं. १ का अध्यक्ष कान्छामान जिम्बा(रोहित) जानकारी दिनुभयो ।
यस अघि वडाका विभिन्न प्रमाणपत्र तथा महत्वपूर्ण कागजात हराउने च्यातिने डर हुन्थ्यो अब अनलाइन बाट यी सेवा सुरु गरेपछि वडाका विभिन्न अभिलेखहरु राख्न सजिलो हुने वडा नं. २ का अध्यक्ष पदम बहादुर मोक्तानले बताए ।
यस अघि १,२ र ६ न वडा भित्रका हरेक नागरिकले जन्म दर्ता बिबाह दर्ता मृत्यु दर्ता ब्यक्तिगत घटना दर्ता लगायत विभिन्न सिफारिस हस्त लिखित पाउदै आएका थिए ।
व्यक्तिगत घटना दर्ता कार्यक्रम लाई महाभारत गाउँपालिकाका ८ वटै वडामा क्रमिक रुपमा सञ्चालन गरिनेमहाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा ( संसार )ले जानकारी दिनुभयो ।










