•अमृत लामा
काभ्रे/ महाभारत । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) महाभारत गाउँपालिकाले वडा न ५ को वडा सम्मेलन सम्पन्न गरेको छ। बिहीबार चारकिल्लामा भएको सम्मेलन बाट सगुन लामाको अध्यक्षमा २९ सदस्यीय वडा कमिटि गठन भएको छ। समितिको उपाध्यक्षमा हरि बहादुर राणा र बाबुलाल स्याङ्तान, सचिवमा खिल बहादुर पुलामी, सहसचिवमा बिकु लाल थिङ र रुप बहादुर लो र कोषाध्यक्षमा पदम माया लुङ्गेली रहनु भएको छ ।
सम्मेलनले टुल्कु लामा अध्यक्ष रहेको १५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । त्यसैगरी वाइसीएल नेपालको मेष मोक्तानको अध्यक्षमा ३५ सदस्यीय, एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चाको ज्ञान जित मोक्तानको अध्यक्षमा ११ सदस्यीय र मगरात मोर्चाको कोकिल बहादुर राणाको अध्यक्षमा ७ सदस्यीय कमिटी गठन भएको माओवादी केन्द्रले जनाएको छ ।
उक्त सम्मेलनमा २०५४ मा एमालेबाट निर्बाचित वडा अध्यक्ष एक्क बहादुर स्याङ्तान,२०७३ सालको स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेस वडा सदस्य उम्मेदवार हित बहादुर मोक्तान लगायत २ दर्जन भन्दा बढी विभिन्न पार्टी परित्याग माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
कार्यक्रम बागमती प्रदेश सभा सदस्य माननीय रत्न ढकालको प्रमुख आतिथ्यमा, विषेश अतिथि नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य इन्द्र बहादुर थिङ (छिन्ताङ), अतिथिहरु महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार) गाउँपालिका इन्चार्ज सुजन लामा लगायत कार्याकर्ताहरुको उत्साहजनक सहभागी रहेको थियो ।