महाभारत, काभ्रे । काभ्रेको महाभारत गाउँपालिकाको ८ विद्यालयमा अध्ययन गर्ने गरिब तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सहयोग गरिएको छ ।
नेपाली विद्यार्थी समाज (सोनसिक), दक्षिण कोरियाले गाउँपालिकाको प्रत्येक वडाको एउटा विद्यालयलाई एउटा विद्यालयको १० जना विद्यार्थीलाई शैक्षिक सहयोग गरेका हुन् । संस्थाले एउटा विद्यालयमा झोला-१ थान,कपी -५ थान, पेन्सिल-१०, थान ज्यामिति बक्स-१ थान र इरेजर -३ थान सहयोग गरिएको हो ।


संस्थाले श्री बुढानिलकण्ठ प्राथमिक विद्यालय महाभारत -४ बुढाखनीडाँडा,श्री बुद्ध प्राथमिक विद्यालय महाभारत -३ चारघरे(ठडेखोला) र श्री गौरी आधारभूत विद्यालय महाभारत-५ चौडिकको विद्यालयमा सहयोग हस्तान्तरण गरिसकेको छ ।
श्री ज्योति आधारभूत विद्यालय महाभारत -७ आहाले बाँसपुर, श्री गैलेश्वरी आधारभूत विद्यालय महाभारत -६ गल्टार, श्री बाककल्यान प्राथामिक विद्यालय महाभारत- २ अमलवास, श्री गडुल देबी प्राथामिक विद्यालय महाभारत -८ घर्तिछाप र श्री जन सन्देश प्राथामिक विद्यालय महाभारत -१ गोकुलेका विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण गर्न बाँकी रहेको र कार्यक्रम निरन्तर रहेको संस्थाका स्वयंसेवक टेक बहादुर मगरले ग्लोबल खबरलाई जानकारी दिनुभयो ।











