काभ्रे/ महाभारत । नेपाल कम्युनिस्ट पाटि (माओवादी केन्द्र) डाँडापारि महाभारत गाउँपालिकाले वडा न ४ को वडा सम्मेलन सम्पन्न गरेको छ। शुक्रबार कोल्डरमा भएको सम्मेलन बाट दिपेश लामाको अध्यक्षमा २९ सदस्यीय वडा कमिटि गठन भएको छ। समितिको उपाध्यक्षमा राजन कुमार जर्गा , सचिवमा अशालाल मोक्तान, सहसचिवमा रविन लामा स्याङतान र कोषाध्यक्षमा हरिमाया मोक्तान रहनु भएको छ ।
सम्मेलनले ज्ञान बहादुर बोम्जन संयोजक रहेको ७ सदस्यीय पार्टी सल्लाहकार समिति गठन गरेको छ । त्यसैगरी वाइसीएल नेपालको भुवन स्याङ्तानको संयोजकमा २५ सदस्यीय, एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चाको लछ्युमान ग्रोसिङ्गरको संयोजकमा ७ सदस्यीय, मगरात मोर्चाको जीवन तुम्सिङको संयोजकमा ७ सदस्यीय र दलित मुक्ति मोर्चाको बिकुलाल बि.क.को संयोजकमा ७ सदस्यीय कमिटी गठन भएको माओवादी केन्द्रले जनाएको छ ।
कार्यक्रम बागमती प्रदेश सभा सदस्य माननीय रत्न ढकालको प्रमुख आतिथ्यमा, विषेश अतिथि नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य इन्द्र बहादुर थिङ (छिन्ताङ), अतिथिहरु महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार) गाउँपालिका इन्चार्ज सुजन लामा लगायत कार्याकर्ताहरुको उत्साहजनक सहभागी रहेको थियो।