नेपा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालमा संघीयता भनेकै प्रदेश मात्रै भएको बताएका छन् । सङ्घीय सरकार भनेको नै प्रदेश सरकार भएको उल्लेख गर्दै उनले भर्खर मात्र प्रदेश सरकारको कानुन बनाउने र कार्यान्वयनको चरणमा रहेकाले अहिले नै ठीक तथा बेठीक भनेर टिप्पणी गर्ने बेला नभएको बताए।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले धुलिखेलमा बुधबार आयोजना गरेको ‘छैटौँ जिल्लासभा’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले स्थानीय सरकार लिच्छपी कालदेखि नै रहेको भन्दै अहिले नै संघीयता काम नलाग्ने भयो भनेर बहस गर्ने अवस्था आइनसकेको बताए । स्थानीय तहलाई बलियो बनाए मात्रै नेपाल समृद्ध बन्ने बताएका उनले प्रदेशको सम्बन्ध सिंह दरबारसंग नभएर हेटौंडासंग हुने बताए ।

यस्तै, मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशभित्र सार्वजनिक सवारी साधनमा अब विद्युतीय प्रणालीबाट भाडा भुक्तानी गर्ने व्यवस्था सुरु गरिने समेत बताए । उनले नागरिकलाई नगद पैसा तिर्दा यात्रुसँग बढी रकम लिने खालको समस्या समाधान गर्न तोकिएको रकम मात्रै भुक्तानी दिने गरी डिजिटल युगभित्र प्रदेश सरकार प्रवेश गर्ने बताए । संसद्मा कानुन बनाउने बेला आफूले स्थानीय तहलाई बलियो बनाउनुपर्छ भनेर जोडदार कुरा उठाएको र वडा सरकार बलियो भएमात्रै नेपाल बलियो तथा समृद्ध बन्ने भएकाले त्यसैमा ध्यान दिन जरुरी रहेको उनको भनाई छ।

उनले आर्थिक हिसाबले कमजोर गाउँपालिकाले आफू आएपछि थप आर्थिक सहयोग गर्ने विधि बनाएको र बागमती प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन बनाएर कार्यान्वयनको चरणमा रहेको बताए । मुख्यमन्त्री पाण्डेले संघीय सरकारले प्रहरी समायोजनको अधिकार त नदिएको बताउँदै भएका अधिकार प्रधानमन्त्री मातहत खिचिएकाले एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले सम्म उल्टाउन नसकेको प्रष्टाए ।

कार्यक्रममा, जनप्रतिनिधिहरुले काभ्रे जिल्ला प्रदेशको बजेट बिनियोजनमा ठगिएको बताउँदै मन्त्री दिएको जस्तै बजेट पनि दिनुपर्ने बताएका थिए । समन्वय समितिका प्रमुख दिपक गौतमले जिल्ला सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत भएको नीति तथा कार्यक्रम सर्वसम्वत पास भएको छ । नीतिगत प्राथमिकताका आधारमा समृद्ध काभ्रे निर्माणमा जोड दिएको बताउँदै प्रमुख गौतमले स्थानीय सरकारको उपलब्धी, अभ्यास र अनुभव, समन्वय समितिका पाँच वर्ष र जिल्ला बस्तुगत विवरण नामक पुस्तक प्रकाशन गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय