
काभ्रे/ महाभारत । नेपाल कम्युनिस्ट पाटि (माओवादी केन्द्र) डाँडापारि महाभारत गाउँपालिकाले वडा न ८ को वडा सम्मेलन सम्पन्न गरेको छ। शनिबार घर्तीछाप कोलबोटमा भएको सम्मेलनबाट नवीन मगरको अध्यक्षमा २९ सदस्यीय वडा कमिटि गठन भएको छ।
प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) काभ्रे जिल्ला समन्वय समितिका इन्चार्ज एवम् पुर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज) रहनुभएको थियो । दोङले महाभारतमा एमाले मुक्त पालिका बनाउनुपर्ने र महाभारतको विकास माओवादीबाट मात्रै सम्भव भएको समेत बताए । महाभारतको जनताको लागि आफू सधै नै साथमा रहने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।


सम्मेलनले मेघ घलान अध्यक्ष रहेको १५ सदस्यीय पार्टी सल्लाहकार समिति गठन गरेको छ । त्यसैगरी वाइसीएल नेपालको जयराम आलेको अध्यक्षमा २९ सदस्यीय, एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चाको जित बहादुर सिङतानको अध्यक्षमा १३ सदस्यीय, मगरात मोर्चाको रमेश यस्मालीको अध्यक्षमा १३ सदस्यीय र महिला मुक्ति मोर्चाको बुद्धि माया आलेको अध्यक्षमा १३ सदस्यीय कमिटी गठन भएको माओवादी केन्द्रले जनाएको छ ।
कार्यक्रम अतिथिहरु महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार) गाउँपालिका इन्चार्ज सुजन लामा , विजय मोक्तान नेतृ असली लामा लगायत कार्याकर्ताहरुको उत्साहजनक सहभागी रहेको थियो ।
सो कार्यक्रममा एक दर्जन भन्दा बढी नेता तथा कार्याकर्ताहरु विभिन्न पार्टी परित्याग माओवादी केन्द्रमा प्रवेश गरेका छन्।