काभ्रे । आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) काभ्रेले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुनु पर्ने मागसहित ज्ञापन पत्र बुझाएको छ । विहीवार नेपाल पत्रकार महासंघ काभ्रे मार्फत् महासंघको केन्द्रिय कार्यालयमा पु¥याउने गरी ज्ञापनपत्र बुझाएको हो ।

फोनिज काभ्रेको अध्यक्ष इन्द्रबहादुर थापा, सचिव सुरज श्रेष्ठ सहितको टोलीले महासंघ काभ्रे शाखाको कार्यालयमा पुगेर महासंघका काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनालाई ज्ञापन पत्र बुझाएका थिए ।

महासंघ काभ्रेका अध्यक्ष तिमल्सिनाले ज्ञापनपत्र आजै केन्द्रमा पठाउने प्रतिबद्धता समेत व्यक्त गरे । ‘फोनिज काभ्रेले दिएको ज्ञापन पत्र आजै केन्द्रिय कार्यालयमा पु¥याउने छु’ उनले भने ।

नेपाल पत्रकार महासघंको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको प्रशस्ता अकाट्य प्रमाण हुँदा हुँदै सन्त नेत ातथा पुर्वप्रधानमन्त्री कृष्णप्रसाद उपाध्याय भट्टराई संस्थापक अध्यक्ष मान्दै आएको महासंघको कदमप्रति फोनिजले गम्भीर विमती राख्दै आएको छ ।

‘२००८ साल बैशाख ९ गतेको पत्रकार भेलाले सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा ‘नेपाल पत्रकार संघ’ गठन गरेको थियो । २००९ बैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालीन प नेपाल पत्रकार संघ पुर्नगठन गरेको भयो । थप त्रकारलाई संघमा संगठित गर्ने उद्देश्यसाथ संघको पुर्नगंठन गरिएको थियो’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै ज्ञापनपत्रमा २०१२ चैत्र १६ गते नेपाल पत्रकार संघ पुनर्गठित हुँदा भट्टराई सभापति बनेको साँचो हो । तर तथ्यहरुले श्रेष्ठ संस्थापक अध्यक्ष पुष्टि भैसकेको अवस्थामा देशको प्रधानमन्त्री बनिसक्नु भएका भट्टराईलाई गलत तथ्यका आधारमा पत्रकार महासंघको संस्थापक मानेर उनको योगदानलाई विवादित पारी मानमर्दन गरिएको फोनिजले जनाइएको छ ।

फोनिज बागमती प्रदेशका इन्चार्ज पेमा लामाले महासंघ काभ्रेको अध्यक्ष तिमल्सिनालाई सत्यनारायण बहादुर श्रेष्ठको फोटो हस्तान्तरण गर्दै पत्रकार महासंघको संस्थापक अध्यक्ष श्रेष्ठ नै भएकोले उनको फोटो महासंघको कार्यालयमा सम्मानका साथ टाँस्नुसमेत आग्रह गरेका छन् ।

फानिज काभ्रेका अध्यक्ष थापाले केन्द्रको सर्कुलर अनुसार महासंघको जिल्ला शाखा कार्यालयमार्फत् ज्ञापनपत्र केन्द्रमा प¥याउने गरी बुझाएको बताए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष विनोद बाबु, सचिव कपिल कोइराला, कोषाध्यक्ष केदार तिमल्सिना, फोनिजका पुर्व अध्यक्ष उजाड रक्तिम, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, तामाङ पत्रकार संघ काभ्रेका अध्यक्ष अञ्जली तामाङ लगायतका पत्रकारहरुको उपस्थिति रहेका थिए ।

फोनिज काभ्रेले पत्रकार महासंघ काभ्रे शाखालाई बुझाएको ज्ञापनपत्रः

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय