🔸धनबहादुर स्याङ्तान/विपीन दाहाल

काभ्रे । जनताले दिएको मतबाट निर्वाचन जितेपछि आफूलाई सर्वशक्तिमान ठानेर जनमतको बेवास्ता गर्दै आफू अनुकूलका काम गर्ने गरेको भनेर जनप्रतिनिधिको आलोचना भइरहेका बेला काभ्रेको विकट क्षेत्र खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले भने आफुै अगुवा बनेर उदाहरणीय काम गरेका छन् ।

गाउँपालिका अध्यक्ष छिन्ताङ खोपासी–ताल्ढुंगा सडक खण्ड अन्तर्गत पर्ने दाहालडाँडास्थित् सडकको स्तरोन्नतिका लागि स्थानीयवासीसँगै जनश्रमदानमा खटिइरहका हुन् । अकस्मात् गाउँपालिका अध्यक्ष छिन्ताङ श्रमदान गर्न दाहालडाँडा पुग्दा स्थानीय तथा निर्माण कार्यमा खटिरहेका कामदरसमेत चकित बनेका थिए ।

कार्यालयको व्यस्तताको भबजुत अनरवत जनताको काममा लाग्ने र आफैँ ज्यामी मजदुर बनेर जनतासँगै काममा खटिने जनप्रतिनिधि कमै मात्रमा देखिने गर्छन् । यस्तै विरलै मात्रमा देखिने दृश्य बुधबार खानीखोला गाउँपालिकास्थित् दाहालडाँडामा देखिए ।

जहाँ खानीखोला गाउँपालिका अध्यक्ष छिन्ताङ स्थानीय तथा कामदारसँगै साबेल बोकेर सडक स्तरउन्तीको काम गरिरहेको देखिन्थे । अध्यक्ष छिन्ताङसँगै माओवादी केन्द्र खानीखोलाका अध्यक्ष अविरल जिम्बा र सचिव राजन अधिकारी आफैं अगुवा बनेर जनश्रमदानमा खटिइएका थिए ।

राजनीतिक बृतमा समेत लोकप्रिय मानिने विकासप्रेमी नेताको रुपमा रुपमा परिचित गाउँपालिका अध्यक्ष छिन्ताङ समृद्ध खानीखोलाको लागि योजनाको चाङ बोकेर विभिन्न कार्यालयमा पुगिरहेका छन् । गाउँपालिका अध्यक्ष बनेको एक सय दिन कटाउँदै गर्दा भौगोलिक विकट छदै छ, वर्षाद् यामको प्रतिकुल मौसमको बाबजुत पनि गाउँपालिकाको अधिकांश भुभागमा विकास निर्माण कार्य भइरहेको उनी बताउँछन् । जनतालाई साथमा लिएर गरेको कामले निर्माण कार्यमा सफलता पाईरहेको उनको दाबी छ । त्यस्तै नेता अधिकारीले मनैदेखी लागि पर्दा कुुनैपनि विकास निर्माण कार्य असम्भव नहुुने बताए ।

खोपासी–ताल्ढुंगा सडक खण्ड अन्तर्गत दाहालडाँडादेखी स्याउरीथली खण्डमा डलान तथा सोलिङको काममा गाउँपालिका अध्यक्ष छिन्ताङ नै जनश्रमदान गर्न पुगेपछि स्थानीयवासी पनि उत्साहित भएका छन् । साथै उनीहरुले साँच्चै खानीखोलाले विकासप्रेमी नेतृत्व भएको आभास भएको समेत बताए । तीमध्ये एकले भने, ‘अध्यक्षको कामबाट जनताले अनुभुत गर्ने गरी खानीखोलाको विकास हुन्छ भन्ने आशा जागेको छ ।’

अहिले करिब खोपासी–तालढुंगा सडकको दाहालडाँडादेपख स्याउरीथली खण्डमा गाउँपालिकाले विनियोजन गरेको ३० लाख बजेटले ढलान तथा सोलिङ कार्य भइरहेको छ ।

गाउँपालिकाले एक सुचनासमेत निकालेर उक्त सडक खण्डमा निमार्ण कार्य भइरहेकाले २०७९ असोज ४ गतेसमका लागि सडक बन्द रहने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय