जीवन तामाङ
काभ्रेः गैरसरकारी संस्था महासंघ काभ्रेको १७ औं वार्षिक साधारणसभा तथा ९ औं जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा गंगा दोङ तामाङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

शुक्रबार काभ्रेको धुलिखेलमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा राजकुमार तामाङ, सचिवमा सुमन खड्का, सहसचिवमा रामकृष्ण चापागाईं र कोषाध्यक्षमा रमेश गौतम चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा वरमात्मा राम पराजुली, दिपक रोक्का, सरस्वती श्रेष्ठ, इकमान लामा, वीरबहादुर तामाङ, श्यामकुमार तिमल्सिना, सुनिता तामाङ, कल्पना वि.क, शिवप्रसाद तिमल्सिना र राजकुमार थापा चयन भएका छन् ।

निर्वाचन आयोगका संयोजक अधिवक्ता महेश कुवँरका अनुसार जिल्ला समितिमा एक सदस्य पछि मनोनित गरिने छ । अधिवेशनको बन्द सत्रअघि गैससहरूको साझा धारणापत्र र भावी मार्गचित्रका विषयमा छलफल भएको थियो ।

अधिवेशनमा नेकपा एमालेले अध्यक्षसहित सदस्य ४ जना, नेपाली कांग्रेसले सचिव र सह–सचिवसँगै सदस्य २, नेकपा (माओवादी केन्द्र)ले उपाध्यक्षसहित सदस्य २, नेकपा (एकिकृत समाजवादी)ले सदस्य २ र जनता समाजवादी पार्टी (जसपा)ले सदस्य १ लिएर दलहरुबिच भागवण्डा गरी सहमतीबाट नेतृत्व चयन गरेको हो ।

महासंघका केन्द्रिय अध्यक्ष रामप्रसाद सुवेदी लगायतको उपस्थिति रहेको अधिवेशनका लागि जिल्लाभरबाट १ सय ६७ जना प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय