
काभ्रे/ महाभारत । नेपाल कम्युनिस्ट पाटि (माओवादी केन्द्र) डाँडापारि महाभारत गाउँपालिकाले वडा न १ को वडा सम्मेलन सम्पन्न गरेको छ। आइतबार गोकुलेमा भएको सम्मेलनबाट वीर बहादुर स्याङतानको अध्यक्षमा २९ सदस्यीय वडा कमिटि गठन भएको छ।
सम्मेलनले हिर बहादुर दर्लामीको अध्यक्ष रहेको १५ सदस्यीय पार्टी सल्लाहकार समिति गठन गरेको छ । त्यसैगरी वाइसीएल नेपालको सञ्जय जिम्बाको अध्यक्षमा ४७ सदस्यीय र महिला मुक्ति मोर्चाको ओम माया अस्तानीको अध्यक्षमा १७ सदस्यीय कमिटी गठन भएको माओवादी केन्द्रले जनाएको छ ।


कार्यक्रम बागमती प्रदेश सभा सदस्य माननीय रत्न ढकालको प्रमुख आतिथ्यमा, विषेश अतिथि नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य इन्द्र बहादुर थिङ (छिन्ताङ), अतिथिहरु महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार), गाउँपालिका इन्चार्ज सुजन लामा,नेतृ असली लामा, लगायत नेता तथा कार्याकर्ताहरुको उल्लेख्य संख्यामा उपस्थित हरेको थियो ।