बनेपा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ काभ्रे शाखाको जिल्ला भेला बाट नयाँ नेतृत्व चयन भएको छ । काभ्रेका विभिन्न स्थानीय तहका स्वास्थ्य शाखाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको उपस्थितिमा शनिबार भएको भेलाबाट अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ काभ्रे जिल्ला समन्वय समिति अध्यक्षमा रेशम बहादुर योन्जनको नेतृत्वमा कार्यसमिति चयन गरिएको छ ।
जिल्ला समन्वय समितिको अध्यक्षमा रेशम बहादुर योन्जन, उपाध्यक्ष सुमित्रा बल, राज गौतम, सन्त तामाङ, शिव मानन्धर, सचीव बबिन ओलि र कोषाध्यक्ष सीता चौलागाईं र सदस्यहरुमा सदस्य दीपेन्द्र चौलागाईं, शुक्र तामाङ, सबिता लामा, निशानी लामा, शोभा थापा, सुनिता लामा, भानुभक्त आले, बिमला वाइबा, पवन कुशवाहा, लक्ष्मी प्रसाद देवकोटा, गुराँस मोक्तान, एलिना लामा, योजना वाइबा र सुदन तामाङ चयन भएको छ ।


बनेपामा रितुपुर्ण श्रेष्ठको सभापतित्वमा भएको जिल्ला भेला नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समितिका संयोजक भोला अर्यालको प्रमुख आतिथ्यता भएको थियो । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ काभ्रे भेलामा बागमती कमिटीका सचिवालय सदस्य तथा तेमाल गाउँपालिकाको उपाध्यक्ष डिएम लामा, अखिल नेपाल प्रगतिशील जनस्वास्वास्थ्यकर्मी महासंघ बागमती प्रदेश कमिटीका बरिस्ठ उपाध्यक्ष अशोक गौतम, राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मि संगठनका केन्द्रीय उपाध्यक्ष कर्म लामा र सदस्य दुत राज मगर लगायतको उपस्थितिमा भेला भएको हो ।










