काभ्रे । नेकपा एमालेको पोलिट्ब्युरो सदस्य तथा जिल्ला इन्चार्ज पुर्वमन्त्री गोकुल बाँस्कोटा काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस भएका छन् । नेता बाँस्कोटा मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे–२ बाट उम्मेदवार सिफारिस भएका हुन् ।

प्रतिनिधिसभा समन्वय कमिटीले नेता बाँस्कोटालाई सर्वसम्मत एकल उम्मेदवारको रुपमा सिफारिस गरिएको एमाले काभ्रेले जनाएको छ । बैठकबाट पूर्व सुचना, प्रविधि तथा सञ्चार मन्त्रीसमेत रहेका बाँस्कोटालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेका छन् ।

एमाले काभ्रेका अध्यक्ष अशोककुमार व्याञ्जुले जिल्लाले भने सोमबार बस्ने बैठकबाट रायसहित सिफारिस गर्ने बताए । जिल्लाको प्रतिनिधिसभा–२ को प्रदेश सभा क्षेत्रको भने छलफलकै क्रममा रहेकोले उम्मेदवार सिफारिसको टुंगो लागी नसकेको बुझिएको छ ।

२०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग मिलेर चुनाव लडेका बाँस्कोटा देशकै लोकप्रिय मत ल्याएर विजय भएको थियो । तर यसपटकको निर्वाचन भने गठबन्धनमा उनको लागि टाउको दुखाई विषय भन्ने करिब निश्चित छ ।

त्यस्तै एमालेबाट विद्रोह गरी काभ्रेका शिवबहादुर देउजा, विदुर सापकोटा लगायतका नेता नेकपा (एकितृत समाजवादी)मा रहनुका साथै प्रदेश सभातर्फका दुइ जना सांसद समेत बाँस्कोटासँग छैनन् ।

जसले गर्दा यसपटक नेता बाँस्कोटालाई चुनाव जित्न सहज नभएको एक नेताले बताए । तर चुनावी प्रतिस्पर्धामा जस्तो परिमाण आए पनि त्यसलाई स्वीकार गर्नुको विकल्प नरहेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय