काभ्रे । फेन्दे फाउण्डेशनद्धारा सहयोग स्वरुप स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिका–२ स्थित् फलामेटार स्वास्थ्य चौकीलाई फाउण्डेशनले एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

सोमबार धुलिखेलमा एक कार्यक्रमबिच फाउण्डेशनले एम्वुलेन्सको सांचो खानीखोला गाउँपाकिलाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)लाई हस्तान्तरण गरेका छन् । एम्वुलेन्समा विरामीले आपतकालिन अवस्थामा अक्सिजनसँगै प्रथामिक उपचारसहितको सुविधा पाउने छन् ।

रोटरी क्लव अफ धुलिखेलको समन्वयमा र बेन चिओड मेजिकल लाइट्सको सर्पोटमा फाउण्डेशनले स्वास्थ्य चौकीलाई सहयोग स्वरुप एम्वुलेन्स उपलब्ध गराएको थियो ।

गाउँपालिका अध्यक्ष थिङले एम्वुलेन्स अभावको कारण समस्या झेल्दै आएकोमा अब विरामीलाई अस्पताल पु¥याउन सहज हुने बताए । एम्बुलेन्स उपलब्ध भएपश्चात विशेष गरी खानीखोलाका २, ३, ६ र ७ नम्बर वडाका विरामीले स्वास्थ्य सेवा सहज हुने अपेक्षा गरिएको छ ।

उनले खानीखोलको जनताको स्वास्थ्यलाई लिएर आफु गम्भिर रहेको बताउँदै आफ्नो पहल कदमीबाट सक्नेजती सहयोग खानीखोलाबासीको लागि गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष थिङका अनुसार गाउँपालिकाभित्र दुई वटा एम्वुलेन्स भएसँगै अब गाउँपालिकाको सबै भेगाबाट छिटोभन्दा छिटो विरामीको उद्धार गरी स्वास्थ्य चौकी वा जिल्ला अस्पतालसम्म पु¥याउन सकिनेछ ।

फाउन्डेशनको नाममा रहेको महेन्द्र कम्पनीको इन्जिन नं. GRL4G86206 च्यासिस नं. MAIXG4GRKL2H86777 तथा सवारी दर्ता नं. प्र. ३–०१–०२४ च ४९५२ एम्वुलेन्स फलामेटार स्वास्थ्य चौकी मार्फत् संचालन हुने गरी नामसारी समेत भइसकेको छन् ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम राज सेढाई, खानीखोलाको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद अधिकारी, फाण्डेशनका प्रतिनिधि डा. राम लामा, नेता अविरल जिम्बा, राजन अधिकारी, चित्र गोले, वडा अध्यक्ष सागर जिम्बा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय