–अमृत लामा
काभ्रे/ महाभारत । नेपाल कम्युनिस्ट पाटि (माओवादी केन्द्र) डाँडापारि महाभारत गाउँपालिकाले वडा न ६को वडा सम्मेलन सम्पन्न गरेको छ। सोमबार बनखुको मगरटोलमा भएको सम्मेलनबाट भगत बहादुर राणा(संकट)को अध्यक्षमा २९ सदस्यीय वडा कमिटि गठन भएको छ।
त्यसैगरी वाइसीएल नेपालको रोशन घलानको अध्यक्षमा ३५ सदस्यीय र अनेमा संघ (क्रान्तिकारी)को ललिता माझिको अध्यक्षमा ११ सदस्यीय कमिटी गठन भएको माओवादी केन्द्रले जनाएको छ ।
कार्यक्रम बागमती प्रदेश सभा सदस्य माननीय रत्न ढकालको प्रमुख आतिथ्यमा, विषेश अतिथि नेकपा माओवादी केन्द्रको काभ्रे जिल्ला समन्वय कमिटीका सचिबालय सदस्य सुजन लामा, पुर्ण बहादुर वाइबा, अतिथिहरु महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार), नेतृ असली लामा, जनजाती महासंघको केन्द्रिय सदस्य दिलिप आले,पुर्बजनमुक्ति सेना नेपालको कमाण्डर द्वय रन्जित मगर र सङ्गम लामा,अमृत योन्जन, रमेश लुङ्गेली ,रिजन मगर, जोग लामा लगायत नेता तथा कार्याकर्ताहरुको उल्लेख्य संख्यामा उपस्थित रहेको थियो ।