काभ्रे । आसन्न नवौ राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेश फूलकन्ट्याक्ट कराँते खेलाडी छनोट प्रतियोतिगा सम्पन्न भएको छ । काभ्रेको बनेपामा सम्पन्न प्रतियोगिताबाट महिला ५ र पुरुष ६ गरी ११ जना खेलाडी छनोटमा परेका छन् ।
प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले गरेका थिए । उनले कार्यक्रममा राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्न सफल खेलाडीलाई जनही ६ हजार भत्ताको समेत व्यस्था गरेको बताए ।



काभ्रे जिल्ला खेलकुद विकास समितिको अध्यक्ष मनवीर लामाले छनोट भएका खेलाडीले नवौँ राष्ट्रिय खेलकुदमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने बताए । बागमती प्रदेशका १३ जिल्लाबाट प्रतियोतिगामा महिला ३९ र पुरुष ५८ गरी ९७ जना खेलाडी सहभागी थिए ।
कार्यक्रममा मन्त्री ढकालसँगै जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम, काभ्रेका सिडिओ हुमकला पाण्डे, बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य लगायत उपस्थिति रहेका थिए ।
तस्वीरहरु



फोटो : इकमान लामा










