
काभ्रे/ महाभारत । नेपाल कम्युनिस्ट पाटि (माओवादी केन्द्र) डाँडापारि महाभारत गाउँपालिकाले वडा न:-७ को वडा सम्मेलन सम्पन्न गरेको छ। मङ्गलबार बनखुको अहाले बासपुरडाडामा भएको सम्मेलनबाट दुर्गा बहादुर पाख्रीनको अध्यक्षमा २९ सदस्यीय वडा कमिटि गठन भएको छ।
प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) बाग्मती प्रदेश कमिटी सदस्य एबम बाग्मती प्रदेश संसद रत्न ढाकाल रहनुभएको थियो । ढाकालले महाभारतको बिकास र समृद्धिको लागि आफू हरपल हरक्षण साथमा हुने ।र महाभारतको विकास माओवादीबाट मात्रै सम्भव भएको समेत बताए । महाभारतको जनताको लागि आफू सधै नै साथमा रहने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।


सम्मेलनले वाइसीएल नेपालको सुमन स्याङ्तान को अध्यक्षमा ३५ सदस्यीय, र अनेमा संघ(क्रान्तिकारी)को सुमित्रा लोको अध्यक्षमा ९ सदस्यीय कमिटी गठन भएको माओवादी केन्द्रको प्रभाबशाली युबा नेता जोग लामाले बताए।
कार्यक्रममा अतिथिहरु महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार) गाउँपालिका इन्चार्ज सुजन लामा ,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य पुर्ण बहादुर वाइबा, नेतृ असली लामा,रबिन लामा,अमृत योन्जन,रिजन मगर,पुर्ब जनमुक्ति सेना नेपालको कमान्डर द्वय रन्जित मगर र सङ्गम लामा,जनजाति महासंघ केन्द्रिय सदस्य दिलिप मगर,वडा अध्यक्षहरु रमेश लुङ्गेली,कान्छा मान जिम्बा(रोहित),वाइसीएल नेपाल काभ्रे जिल्ला संयोजक प्रदिप लामा, विद्यार्थी नेत्री दिर्जा लामा,काभ्रे जिल्ला समन्वय कमिटीका सदस्य पुर्ण वाइबा,सेलो गायक रिजन थिङ र मिलन लो लगायत कार्याकर्ताहरुको उत्साहजनक सहभागी रहेको थियो ।