काभ्रे । नेकपा माओवादी केन्द्र काभ्रेले आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवार सिफारिस गरेको छ ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेका आज बसेको बैठकले जिल्लाबाट प्रदेश कमिटीमा प्रत्यक्ष र समानुपातिक तर्फ सिफारिस उम्मेदवारको नाम सिफारिस गरेको संयोजक भोला अर्यालले जानकारी दिनुभयो ।


प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा सूर्यमान दोङ, गंगा बहादुर दोङ, रत्न ढकाल र दिनानाथ गौतमको नाम सिफारिस गरिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश १ मा टासी लामा, विष्णु प्रसाद गौतम अडिक, विजय मोक्तान, दुर्गा सिं लामा र अविलाश तामाङ रहेका छन ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश २ मा दैवलाल घिसिङ, होम बहादुर खुलाल, हरि प्रसाद तिमल्सिना र खड्ग बहादुर जिम्बा रहेका छन् ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा डाक्टर भरत लामिछानेको एकल नाम सर्वसम्मत सिफारिस गरेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश १ मा रुकु चौलागाई, आइते सिं तामाङ र पृथ्वी थापाको नाम प्रत्यक्ष तर्फ सिफारिस गरिएको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश २ मा मर्दन सिं तामाङ, गोपाल घिमिरे र रमेश तिमिल्सना रहेका छन् । समानुपातिक तर्फबाट संघ र प्रदेश तर्फका उम्मदेवारको नाम जिल्ला कमिटीले सिफारिस गरेको संयोजक अर्यालले बताउनुभयो ।










