काभ्रे /महाभारत नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको महाभारत गाउँपालिका वडा नम्बर २ को प्रथम वडा सम्मेलन सम्पन्न भएको छ । भिम बहादुर गोलेको अध्यक्षतामा आयोजित सम्मेलन उद्घाटन कार्यक्रममा नेकपा माओबादी केन्द्रको नेता तथा बागमती प्रदेश सभा सदस्य माननीय रत्न ढकालको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै माओबादी केन्द्रकै युवा नेता तथा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार)को विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा माओबादीका कार्यकर्ता र शुभचिन्तकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सम्मेलनबाट नर बहादुर बलको अध्यक्षता २९ सदस्यिय वडा कमिटी गठन गरिएको छ । उपाध्यक्षमा मान बहादुर घिसिङ,कृष्ण स्याङतान ,कोषाध्यक्षमा प्रतिमा योन्जन, सचिवमा वकिल योन्जन र सह–सचिवमा विकास वाईबा र मीन बहादुर गोले चयन भएका छन् । यस्तै सम्मेलनबाट माइला मोक्तानको अध्यक्षमा ९ पार्टी सल्लाहकार कमिटी र वाइसीएल नेपालको सुमन घिसिङको अध्यक्षमा ४१ सदस्यीय कमिटी गठन भएको माओवादी केन्द्रले जनाएको छ ।

वडा सम्मेलनको उद्घाटन प्रमुख अतिथि रत्न ढकालले गर्नुभएको थियो भने कार्यक्रम संचालन डम्बर बल, स्वागत मन्तव्य पत्रकार मोतीलाल मोक्तान र शुभकामना मन्तव्य सहिद परिवारको तर्फबाट मान बहादुर स्याङतान, युवा नेता रिजन मगर, पुर्व जनमुक्ति सेना रन्जित मगर, वडा अध्यक्ष मीन बहादुर वाइबा वडा नं.५ को अध्यक्ष रविन मोक्तान अखिल क्रान्तिकारी काभ्रे जिल्ला कोषाध्यक्ष दिर्जा वाइबा लगायत स्थानीय नेताहरुले राखेको थियो । अन्य अतिथिहरुमा वाइसीएल नेपाल काभ्रे जिल्ला इन्चार्ज प्रदिप लामा वडा नं १ अध्यक्ष कान्छामान जिम्बा लगायत जनप्रतिनिधि हरु रहेको थियो ।

सो सम्मेलनमा विभिन्न पार्टी परित्याग गरि ४ दर्जनभन्दा बढि नेता तथा कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।नेकपा माओबादी केन्द्रले पछिल्लो केहि दिन यता जिल्लाका विभिन्न वडामा वडा सम्मेलन र पालिका सम्मेलनको आयोजना गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय