काभ्रे । नेकपा माओवादी केन्द्रले आउँदो प्रतिनिधिसभा चुनावका लागि काभ्रेको प्रतितिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्ष तर्फबाट ४ नेताको नाम सिफारिस गरेको छ ।
बुधबार बसेको जिल्ला समन्वय समितिको बैठकले सूर्यमान दोङ (लालध्वज), गंगा बहादुर दोङ (बमध्वज), रत्न ढकाल र दिनानाथ गौतम (प्रयास)को नाम सिफारिस गरेको हो ।


सूर्यमान दोङ त्यही क्षेत्रबाट संविधानसभा सदस्य भैसक्नुभएको छ । गंगा बहादुर दोङ त्यही क्षेत्रबाट बाहालवाला सांसद हुनुहुन्छ । ढकाल र गौतम प्रतिनिधि सभाका लागि नयाँ अनुहार हुन् ।
प्रदेश सांसद तथा मन्त्री रहनुभएका ढकालपनि संघीय सांसदमा प्रतिस्पर्धा गर्नबाट पछि हट्नु भएन । गौतम माओवादीभित्रका चिरपरिचित नेता हुन् । पालिका अध्यक्ष भएर पाँच बर्षे कार्यकाल बिताउनुभएका गौतमले पनि संघीय सांसदमै प्रतिस्पर्धा गर्ने बताउँदै तयारी थाल्नुभएको छ ।










