काभ्रे । नेकपा माओवादी केन्द्र काभ्रेले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । जिल्ला पार्टीको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको हो ।
काभ्रेमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्र २/२ वटा गरी ४ वटा निर्वाचन क्षेत्र रहेका छन् । ती निर्वाचन क्षेत्रमध्ये प्रतिनिधि सभा २ को उम्मेदवार मात्रै सर्वसम्मत सिफारिस भएको छ । जसमा डा. भरतप्रसाद लामिछाने एकल उम्मेदवारको रुपमा सिफारिस भएका छन् ।


प्रतिनिधिसभा १ सँगै सो अन्तर्गतका् दुई वटै प्रदेश सभा र प्रतिनिधिसभा २ को दुवै प्रदेश सभामा भने उम्मेदवार सर्वसम्मत सिफारिस हुन सकेन । बैठकले सहमती जुटाउन नसकेपछि प्रतिनिधिसभा १ बाहेको काभ्रेका प्रतिनिधिा सभाका एक र प्रदेश सभाका ४ गरी ५ सिटका लागि १९ जनाको सिफारिस परेका हुन् ।
प्रतिनिधि सभा १ को प्रत्यक्षतर्फ पुर्व उर्जाराज्य मन्त्री एवं काभ्रेका इञ्चार्ज सूर्यमान दोङ (लालध्वज), प्रतिनिधिसभा १ का संसाद गंगा बहादुर दोङ (बामध्वज), बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकाल, चौरीदेउराली गाउँपालिकाका पुर्व अध्यक्ष दिननाथ गौतमलाई सिफारिस गरेको छ ।
प्रदेश सभा (क) को प्रत्यक्षतर्फ टासी लामा, बिष्णुप्रसाद गौतम, बिजय मुक्तान, दुर्गा सिं लामा र अभिलाष तामाङलाई सिफारिस गरिएको छ । त्यस्तै प्रदेश सभा (ख)को प्रत्यक्षतर्फ दैवलाल घिसिङ (अनुशिल), होमबहादुर खुलाल, हरिप्रसाद तिमल्सिना र खड्काबहादुर जिम्बा (अविरल)को नाम सिफारिस भएको छ ।
प्रतिनिधि सभा २ को प्रदेश सभा (क)को प्रत्यक्षतर्फ रुकु चौलागाईं, आइत सिं तामाङ र पृथ्वी थापा सिफारिस भएको छ । त्यस्तै प्रदेश सभा (ख) को प्रत्यक्षतर्फ मर्दन सिं तामाङ, गोपाल घिमिरे र रमेश तिमल्सिनालाई सिफारिस गरेका छन् ।
समानुपतिकमा पुर्व संसदसमेत सिफारिस
माओवादी केन्द्र काभ्रेको जिल्ला समन्वय समितिको बैठकले समानुपातिकतर्फ २१ जना लाई सिफारिस गरेका छन् । जसमा पुर्व सविंधान सभा सदस्य लगायतका संसदहरु समेत रहेको छ ।
प्रतिनिधि सभा १ को समानुपातिकतर्फ कमला दोङ, मिना पाख्रिन र गुणराज गौतम सिफारिसमा परेका छन् । दोङ सोही प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट यसअघि पनि समानुपातिक संसाद बनेकी थिइन् ।
प्रदेश सभा (क) समानुपातिकतर्फ टासी लामा, गिता रसाइली, चलाख सिं दोङ, लिलाबहादुर श्रेष्ठ, सुजन लामा र कल्पना मोक्तानको नाम सिफारिस गरेको छ । त्यस्तै प्रतिनिधि सभा १ (प्रदेश सभा ख) समानुपातिकतर्फ बिष्णुबहादुर मिजार, सरस्वती लामा र सुन्तली थिङलाई सिफारिस गरेका छन् ।
प्रतिनिधि सभा २ समानुपातिकतर्फ मिना तामाङ, पुर्व सविंधान सभा सदस्य तेजबहादुर मिजार र दिलसुन्दर श्रेष्ठलाई सिफारिस गरेको छ । प्रदेश सभा (क) समानुपातिकतर्फ रुकु चौलागाईं, सरिता तामाङ शाही र कान्छाराज गिरी रहेको छ । त्यस्तै प्रदेश सभा (ख) समानुपातिकतर्फ भोलाप्रसाद अर्याल, उपेन्द्र श्रेष्ठ र हस्तबहादुर तामाङलाई सिफारिस गरेका छन् ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेले रुकु चौलागाईं प्रतिनिधि सभा २ प्रदेश सभा (क)को प्रत्यक्ष र समानुपातिक र टासी लामा प्रतिनिधिा सभा १ अन्तर्गत प्रदेश सभा (क)को प्रत्यक्ष र समानुपातिक दुवैतर्फ नाम सिफारिस भएको जानइएको छ ।
कसको पोल्टमा पर्लान् टिकट ?
माओवादी केन्द्र काभ्रेको जिल्ला समन्वय समितिको बैकठले प्रतिनिधि सभा र प्रदेश सभामा सिफारिसमा सहमती जुटाउनको लागि गरेको अनेक प्रयास विफल भएको छ । बैठकबाट सहमती जुटेपछि सबै निर्वाचन क्षेत्रमा दुईभन्दा बढीको नाम सिफारिस भएका छन् ।
ती सिफारिस भएकोहरु मध्ये प्रतिनिधिसभा १ प्रत्यक्षतर्फ सबै भन्दा बढी प्रतिस्पर्धा हुने देखिए पनिसुर्यमान दोङको नाम नै अन्तिम सिफारिसमा पर्ने एक नेताले दाबी गरे । उनका अनुसार समानुपातिकतर्फ कमला दोङ र प्रदेश सभा (क र ख) को प्रत्यक्षतर्फ क्रमशः टासी लामा र दैवलाल घिसिङले पाउने छन् ।
त्यस्तै प्रतिनिधि सभा २ को समानुपतिकमा मिना तामाङ र तेजबहादुर मिजारमध्ये एकले पाउने बुझिएको छ । प्रत्यक्षतर्फ प्रदेश सभा (क) मा रुकु चौलागाईं र समानुपातिकतर्फ प्रदेश सभा (ख) मा भोलाप्रसाद अर्यालको सम्भावना बढी देखिएको छ । अन्य प्रदेश सभाको प्रत्यक्ष र समानुपतिकतर्फ भने यही हुन सक्छ भन्न नसकिने ती नेताले बताए ।










