काभ्रे । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा करेन्ट लागेर घाइते भएका काभ्रेपलाञ्चोक जिल्लाका एक जनाको मृत्यु भएको छ ।
मेलम्ची नगरपालिका वडा नम्बर १३ फट्कशिलामा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नम्बर १० खोपासी घर भएका इश्वर गुरागाँईलाई करेन्ट लागेको थियो ।


गम्भीर घाइते ३९ बर्षीय गुरागाँईको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो । गुरागाँईको उपचारको क्रममा धुलिखेल अस्पतालमा आज दिउँसो ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । गुरागाँईलाई आजै दिउँसो १ बजे करेन्ट लागेको थियो ।
गुरागाँई नेपाल विद्युत प्राधिकरण मेलम्ची हेलम्बु वितरण केन्द्रमा ज्यालादारिमा काम गर्दै आउनुभएको थियो । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।










