काभ्रे । काभ्रेका ५ विद्यालयमा बुक बस कार्यक्रम सुरु भएको छ । अमेरिकी दुतावासको सहयोगमा विद्यार्थीलाई पठनपाठनमा रुची बढाउन बनेपामा रहेको विद्या सागर स्कुल, हिमालय मावि, समता शिक्षा निकेतन, आजाद मावि र चैतन्य माविमा बुक बस कार्यक्रम सुरु गरिएको हो ।

भाद्र १९ गतेदेखी सुरु भएको उक्त कार्यक्रम असोज ६ गतेसम्म चल्नेछ । कार्यक्रम अवधिभर विद्यालयमा भाषा, कला, विज्ञान र प्रविधि बारे विविध कार्यशाला तथा पठनपाठनका कार्यक्रम आयोजना गरिनेछ ।

बुक बसले विद्यार्थीमा पठनपाठनप्रति आकर्षण बढाउने, सिर्जनात्मक सोचाई विकास हुने अपेक्षा गरिएको छ । बुक बसका कारण आफुहरुले नयाँ–नयाँ पुस्तक पढ्न पाएको विद्यार्थीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय