जीवन तामाङ

बेथानचोक काभ्रे । बेथानचोक गाउँपालिका ५ च्याल्टीमा धसिंगरेको तेल उत्पादन गर्ने उधोग सञ्चालन गरेको छ ।
उद्योग सञ्चालन भएपछि गाउँलेले आयआर्जनको अवसर पाउने स्थानीयवासीले बताए । ‘जतिसक्दो छिटो उद्योग चलाउने वातावरण बनाउनुपर्छ स्थानीयवासीले भने गाउँको समृद्धिको आधार यो पनि बन्न सक्छ । ‘जङ्गलबाट धसिंगरे निकाल्ने अघिल्लो याम वैशाख कात्तिक अगावै उद्योग खुलेपनि तेल उत्पादन शुरु हुन सकेन ।

हरि बहादुर रुम्बा आफैले पाँच लाखमा धसिंङ्गरेको तेल निकल्ने मेसिन खरिद गरि जङ्गलमा खेर गइरहेको वनस्पति धसिंगरेबाट तेल उत्पादन गरेर बेच्ने लक्ष्यसहित उद्योग खोलिएको हो ।

मछिनो भनेरसमेत चिनिने धसिंगरेको पात र मसिनो डाँठलाई ‘डिस्टिलेशन’ प्रविधिबाट आगोमा पकाउँदा निस्कने बाफलाई चिस्याएर तेल बनाउने गरिन्छ । यसरी उत्पादित तेल प्रतिलिटर छ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । जडिबुटी भनेर नचिन्दा यसअघि किसानले मछिनोलाई गोठमा वस्तुभाउलाई ओछ्याउने स्याउलाको रुपमा प्रयोग गर्दै आएका थिए ।
उद्योग शुरु हुँदा गाउँका किसानको पनि आम्दानीको बाटो खुलेको देखिन्छ । धसिंङगरे सङ्कालन गर्ने र उद्योगसम्म ल्याउने काम किसानले गर्नेछन् । जस वापत तोकिएको पारिश्रमिक उद्योगले उपलब्ध गराउनेछ । धसिंगरेको प्रती केजि किसानलाई १० देखि १५ रुपैयाँ सम्मा दिने गरेको उधोग संचालक हरि बहादुर रुम्बाले बताएको छ ।

६०० किलो धसिंगरेको पातबाट दिनमा २ लिटर तेल उत्पादन हुन्छ । उत्पादित तेल शरीर मालिस गर्न, मञ्जन र आयोडेक्समा प्रयोग हुने जनाइएको छ । नेपालमा उत्पादन हुने उक्त तेल विदेशमा समेत महङ्गो मूल्यमा निर्यात हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय