
काभ्रे /महाभारत । नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला महाभारत गाउँपालिकाको प्रथम गाउँपालिका सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले युवा नेता कान्छालाल जिम्बा (संसार)को अध्यक्षतामा ५५ सदस्यीय माओवादी केन्द्रको नयाँ कमिटी गठन गरेको छ ।
मौसमको खराबीका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘क.प्रचण्ड’ सम्मेलनमा उपस्थित हुन नसके पछि टेलिफोन मार्फत सम्बोधन गरेका थियो। अध्यक्ष प्रचण्ड उपस्थित नभए पछि प्रमुख अतिथि प्रमुख अतिथि माओवादी केन्द्रका नेता तथा संघीय संसद गंगा बहादुर तामाङ (बमध्वज)ले कार्यक्रमलाई सम्बोधन गर्दै महाभारतका जनताको मुहार फेर्नको लागि आफूहरु निरन्तर प्रयन्तशिल रहेको जानकारी दिनुभययो ।


वाग्मती प्रदेशसभा सदस्य रत्न ढकालले माओवादी केन्द्रले गरेको विकास निर्माणको कामबाट अत्तालिएर डाँडापारिको मुहार फेर्ने काममा भएको सकारात्मकतालाई भ्रमपूर्ण प्रचार गर्दै हिँडेकोमा दुःख व्यक्त गर्नुभयो । हिजोको दिनमा विकट डाँडापारिका जनतालाई अहिले स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारको तर्फबाट गरिएको विकासकेन्द्रित योजनालाई पूरा गर्ने सवालमा कसैले भ्रम फैलाउँदैमा त्यसबाट पछि नहट्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा ३ दर्जन भन्दा बढीले विभिन्न पार्टी परित्याग गरि अबको राजनीतिक यात्राको साथी माओवादी केन्द्रलाई रोजेका छन् ।यो भन्दा पहिले गाउँपालिकामा भएको विभिन्न कार्यक्रम तथा वडा सम्मेलनहरुमा सयौं संख्यामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुलाई कार्यक्रम का प्रमुख अतिथि र विषेश अतिथिले माला र अविर लगाएर स्वागत गरेका थिए।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माननीय रत्न ढकाल, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय सदस्य पुर्ण बहादुर वाइबा,युवा नेता विजय मोक्तान, पुर्व जनमुक्ति सेना रन्जित मगर,नेतृ असली लामा, जन प्रतिनिधिहरु, विभिन्न वडाका वडा कमिटी अध्यक्ष , वाइसीएल जिल्ला संयोजक प्रदिप लामा, स्थानीय नेताहरु लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सभा अध्यक्ष कान्छालाल जिम्बा रहेको थियो भने संचालन सुजन लामाले गरेको थियो ।
कार्यक्रम महाभारत गाउँपालिका बनखु देविटारमा भएको थियो । सो कार्यक्रमको साथमा विश्व दोङ,निर्मला घिसिङ,रमित लामा,रिजन थिङ,अर्पण थिङ,मिलन लामा लगायत स्थानीय जनकलाकारहरुको साँस्कृतिक प्रस्तुति पनि रहेको थियोे ।