काभ्रेपलाञ्चोक । काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

बिहान साढे ३ बजे घरमाथिको ढुङ्गा खानीबाट खसेको पहिरोले घर पुरिँदा ४४ वर्षका निरबहादुर तामाङ र ४० वर्षकी सावित्री तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक डीएसपी अञ्जना श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ६५ वर्षकी ठूलीमाया तामाङ घाइते भएकी छन् । उनको उद्धार गरी उपचारका लागि बनेपा लगिएको छ । पहिरोमा परेका तीनै जना एकै परिवारका भनिए पनि साइनो खुलेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय