काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले दशैंलाई लक्षित गरी आइफोन १३ जित्ने योजना सार्वजनिक गरेको छ । ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैंको किनमेल गर्दा दुई जना भाग्यशाली प्रयोगकर्ताले आइफोन १३ प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

असोज महिनाभर चल्ने ‘ग्लोबल स्मार्ट प्लसको डिजिटल दशैं’ अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी सामान खरिद गर्दा यस अभियानको अन्त्यमा गोलाप्रथा मार्फत दुई जना भाग्यशाली ग्राहकहरुले आइफोन १३ प्राप्त गर्ने बैंकको भनाइ छ ।

यो योजनामा सहभागी हुनका लागि असोज महिनाभर ५०० रुपैयाँ वा सो भन्दा बढीको क्यूआर मार्फत कम्तीमा ६ वटा भुक्तानी भएको हुनुपर्नेछ । बैंकले यो योजना स्विफ्ट टेक्नोलोजिज् प्रालि तथा स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रालिसँगको सहकार्यमा ल्याएको हो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय