काभ्रे । नेकपा माओवादी केन्द्रको भातृ संगठन तामाङ राष्ट्रिय मुक्ति मोर्चाको पनौती नगर कमिटि गठन भएको छ । पनौती नगरस्तरीय सम्मेलनले सुर्य बहादुर तामाङको अध्यक्षतामा २५ सदस्यीय पनौती नगर कमिटि गठन गरिएको हो।

मोर्चाको उपाध्यक्षमा काजिमान गोले, प्रताप सिं तामाङ, सचिव विनिता थोकर, सह सचिव फुलमाया थोकार र कोषाध्यक्षमा पञ्चमाया तामाङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मोतीलाल थिङ, ज्ञान बहादुर थिङ, रोहन भुलन, सन्त बहादुर तामाङ, कृष्ण तामाङ, शान्ता तामाङ, हिरोनी माया तामाङ, अमर तामाङ, सान बहादुर तामाङ, तिर्थ मान वाइबा, फुल बहादुर तामाङ, विष्णु तामाङ, सम्सेर तामाङ, सुरेस घिसिङ, लाल बहादुर पाख्रिन, मंगल सिं तामाङ र सन्च माया तामाङ घलान लगायत रहेका छन्।

पुर्व उर्जाराज्य मन्त्री तथा नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला इञ्चार्ज सुर्यमान दोङ (लालध्वज)को प्रमुख आतिथ्यता तथा नगर सम्मेलन आयोजक कमिटिका संयोजक सुर्य बहादुर मोक्तानको अध्यक्षतामा भएको थियो। सम्मेलनमा विषेश अतिथि नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य दैवलाल घिसिङ (अनुशील), अतिथिहरु मर्दन सिं तामाङ, होम बहादुर खुलाल, हस्त बहादुर तामाङ, सन्त बहादुर तामाङ,प्रदिप खड्का, रामकाजी र सुनिता तामाङ रहेको थियो । कार्यक्रम संचालन शितल थोकरले गरेको थियो भने स्वगत मन्तव्य सन्त बहादुर थिङले राखेको थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय