काभ्रे । काभ्रेमा आगोमा जलेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।
सोमबार जिल्लाको पाँचखाल नगरपालिका–४ पुरानो बजार डेरा गरी बस्ने भारत सिलामडी बखडी घर भएका ४२ वर्षीय शंकर साहको जलेर मृत्यु भएको हो ।


आफ्नै डेरामा खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगलागी हुँदा जलेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी पाँचखालबाट खटिएको प्र ह रीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीबाट उक्त कोठामा रहेका भाँडाकुँडा,लत्ताकपडा लगायतका सामाग्री जलेर नष्ट भएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेबाट मुचुल्का सहितको टोली खटिएको काभ्रे प्रहरीले जानकारी दिएको छ ।










