♦ डिवी लामा
काभ्रे । नेकपा माओवादी निकट अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएल नेपाल काभ्रेले संयुक्त रुपमा संविधान दिवस मनाइएका छन् ।
सोमबार साँझा जिल्लाको बनेपास्थित् चारदोबाटोमा दिप प्रज्वलन गरी दुई भातृ संगठनले संविधान दिवस मनाइएका हुन् ।


कार्यक्रममा माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेका अध्यक्ष भोला आर्याल र वाइसिएल काभ्रेका अध्यक्ष लनम तामाङले मन्तव्य राखेका थिए ।
कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी) काभ्रेका अध्यक्षले विजय लामाले सञ्चालन गरेको थियो । कार्यक्रममा नेताहरु दिननाथ गौतम, दैवलाल घिसिङ, कल्पना लामा, सृजना दोङ, राजन अधिकारी, अविलाश तामाङ, प्रदिप योञ्जन लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेका थिए ।











