♦ विजय जिम्बा
खानीखोला, काभ्रे । नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) काभ्रे खानीखोला गाउँपालिका स्तरीय कमिटि गठन भएको छ । अनेरास्ववियू (क्रान्तिकारी) खानीखोलाको दोस्रो अधिवेशनले किरण लामालाई अध्यक्षमा सर्वसम्मत चयन गरेका छन् ।
अधिवेशनले अध्यक्ष लामासँगै उपाध्यक्षमा लालबहादुर घिसिङ, प्रिति घलान, सचिवमा मनिता पराजुली, सह–सचिवमा अशिष थिङ, सन्तोष वि.क, कोषाध्यक्षमा कैलाश सोराली रहेका छ ।



त्यस्तै सदस्यहरुमा कमला परियार, पवित्रा सारु मगर, रितु वाईबा, प्रिया घलान, रञ्जिता माझी, अचर्ना श्रेष्ठ, बविता गुरुङ, रस्मिता जिम्बा, सम्झना लोप्चन, छेवाङ लोप्चन, असली गोले, सविना गोले, विशाल भोलन, लक्ष्मण स्याङ्तान, सरिता तिमल्सिना, प्रकाश तितुङ, सनिता लोप्चन, सुलक्ष्मी लोप्चन, सृष्टि दर्लामी, रितिका पुलामी मगर, अनिता बज्यु, दिपक भोलन, रविना थिङ, सुनिता थोकर, सनिता वाईबा, नबिना स्याङ्तान, सुनिता बल, सिताराम वि.क., बेबिना माझी, बेनीबहादुर वि.क, सुमन माझी र पुतली घिसिङ रहेका छन् ।

माओवादी केन्द्र बागमती प्रदेशका सचिव तथा खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश सदस्य अविरल जिम्बा, मिना पाख्रिन, नेता दावा घिसिङ, बुद्धिबहादुर स्याङ्तान, निशान मोक्तान, अनेरास्ववियू (क्रान्तिकारी) काभ्रेका अध्यक्ष विजय लामा, कोषाध्यक्ष तथा खानीखाला इन्चार्ज विकास तामाङ, जिल्ला सदस्य देशभक्त रुम्बा लगायतको उपस्थिति रहेका थिए ।










