काठमाडौं । शिक्षासेवी एवम् समाजसेवी हेमन्तकुमार कार्कीले महेन्द्र शान्ती माध्यमिक विद्यालय बालकोटमा ई, सि, डी, कक्षा ए र बि का ६० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।
वरिष्ठ साहित्यकार एवं समाजसेवी भद्रकुमारी घलेको ९१ औं जन्मोत्सवको अवसरमा समाजसेवी कार्कीलाई भद्रकुमारी घले सेवा सदनले विशेष समाजसेवी तथा शिक्षासेवीका रुपमा अभिनन्दन गरेको थियो । उक्त अभिनन्दन मार्फत प्राप्त गरेको पाँच हजार पुरस्कारमा आफ्नो खर्च कटाएर जम्मा गरेको रकम थप १८ हजारको न्यायो कपडा विद्यार्थीलाई वितरण गरेका हुन् ।


लामो समयदेखि शिक्षासेवीका रुपमा समेत परिचित कार्कीले आउँदै गरेको दशैं तिहार तथा जाडोयामलाई लक्षित गरी विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गरेका हुन् । शिक्षाप्रतिको आफ्नो मोह र समाजमा सहयोगी भावना कायम गर्नुपर्छ भन्ने आफूलाई लागेको भन्दै समाजसेवी कार्कीले साना नानीबाबुहरुलाई न्यायो कपडा वितरण गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।
कार्कीले ५ लाखको अक्षय कोष स्थापना गरी हरेक वर्ष उक्त रक़मको ब्याजबाट आऊने रक़मबाट छात्रवृति प्रदान गरी शिक्षामा निरन्तर सेवा पु-याउदै आइरहेका छन् । आफुले विद्यालयको शैक्षित स्तरोन्नतिको लागि सक्दो सहयोग गरेको र भविष्यमा पनि गर्ने उक्त विद्यालय व्ययवस्थापन समितिका पुर्व अध्यक्ष समेत रहेका कार्कीले बताए ।










