• विशाल श्रेष्ठ
दक्षिण कोरिया । नेकपा (माओवादी केन्द्र)को निकट प्रवास संगठन नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको सउल पाँचौ अधिबेशन सम्पन्न भएको छ । जनप्रगतिशील मंच दक्षिण कोरियाको पाँचौ अधिबेसन कोरोनाको महामारी लाइ मध्यनजर गर्दै भर्चुअल माध्यम जुम बाट र प्रत्यक्ष उपस्थित सउलमा गराएर सम्पन्न भएको छ।
अधिवेशनबाट मंचको अध्यक्षमा इश्वर कठायत लाइ सर्वसम्मत चयन गरेको छ ।भर्चुअल माध्यम र प्रत्यक्ष उपस्थितिमा आयोजित उक्त कार्यक्रममा माओबादि केन्द्रको केन्द्रीय सदस्य तथा प्रवास समन्वय समिति अध्यक्ष क.ओम शर्मा प्रमुख अतिथि थिए । नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा जीवन खतिवडा तथा उपाध्यक्षमा राजु श्री, राजेन्द्र दुलाल, गोकुल प्रसाद दङ्गाल,निर्मला खड्का, खगेन्द्र राज खनाल महासचिबमा प्रबिण गिरि सचिबमा अभिषेक सापकोटा,हिमाल खनाल,राम बहादुर तामाङ, रुद्र थापा,सुबिन्द्र मगर कोषाध्यक्षमा बुद्धि बहादुर तामाङ र सह कोषाध्यक्षमा एस.पी अधिकारी रहेको छ।


यसैगरी सदस्यहरुमा के.बि चाम्लिङ, दिपेन्द्र बहादुर रोकाया,होताराम ओलि,शिव आचार्य,हर्क लिम्बू,राम उपाध्याय, क्रिष्ण प्रसाद न्यौपाने, अर्जुन खत्री, राम सिङ्ह बिष्ट ,धनजित वाइवा रहेको छ।
नवनिर्वाचित कार्यसमिति पदाधिकारी हरुलाइ बधाई तथा शुभकामना दिदै निवर्तमान अध्यक्ष दिलिप धितालले आगामी दिनहरुमा पनि पार्टीको नितिनियममा रहेर काम गर्न र एक्यबद्धता जनाउन अनुरोध गरे।