काभ्रे/महाभारत । लेवनानमा बन्धक काभ्रे जिल्ला महाभारत गाउँपालिका वडा नं. ७ लामिटारकि साल्मो माया मोक्तानलाई नेपालमा उद्धार गर्ने तयारी भएको छ ।
विगत १२ बर्ष देखि एक लेवनानीको घरमा बन्धक भएकी साल्मो माया मोक्तानलाई लेबनान स्थित नेपालका मानार्थ महावाणिज्य दूतावासको अगुवाइमा उद्धार गर्न लागेको हो ।
लेबनान स्थित नेपालका मानार्थ महावाणिज्य दूतावासको विषेश पहलमा साल्मो माया मोक्तान र बन्धक फारुक खोडोरबीच काम गरेको पाउन बाकी तलब दिने सम्झौता भएको छ । दुई पक्षहरू बीचको वार्तापछि उनले बाकी तलब पाउने भए पछि उनी नेपाल फर्किने भएको छ ।
महामहिम कन्सुल, एलचेख मोहम्मद विसाम घौजाएल र वाणिज्य दूतावास टोलीको सहयोगमा वाणिज्य दूतावासले साल्मो माया केसको अनुगमनमा समर्थन गरेको थियो । दूतावास सम्म पुर्याउन विशेष सहयोग मानवीय संघ एनजेओले गरेको थियो ।
साल्मोमाया मोक्तान घरेलु कामदार हुन् जसले दस वर्षभन्दा बढी काम गरेको पनि तलब नपाएको खबर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चामा आएका थियो । दूतावास लगायत मानवीय संघको सहयोगमा न्यायको पर्खाइमा रहेको सल्मोमायाको समस्याको समाधान बुधबार भएको दूतावासले जनाएको छ ।