काठमाडौं । युवा व्यवसायी, समाजसेवी तथा युवा नेता आइतराम (आराम) तामाङले दुबै मृगौला फेल भएका मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नम्बर १० नौखामे निवासी जगतमान स्याङ्तानको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।
हाल ललितपुरस्थित पाटन अस्पतालमा उपचार तथा हप्तामा दुई पटक डायलासिस गर्दै आएका स्याङ्तानलाई पोर्चुगलबाट समाजसेवी तामाङले १० हजार ४५७ रूपैया सहयोग गरेका हुन् । केही दिन अगाडी मलेसियाबाट सुरेष तामाङ, शिवा शंकर र धन बहादुरको विशेष पहलमा संकलन भएको रकम सामाजिक अभियान्ता रोशनी गोले तामाङले बिरामी स्याङ्तानको निवास बुढानिलकण्ठ नै पुगेर ७७ हजार रुपैंया हस्तान्तरण गरेकी थिईन् ।


दैनिक ज्यालामजुदुरी गरेर जेहेनतेहेन परिवार धान्दै आएका स्याङ्तानको परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण उपचार खर्चको अभाव भएको बारे हामीले भिडियो बनाएर सार्वजनिक गरेपछि समाजसेवी तथा युवा नेता आइतराम (आराम) तामाङले स्याङ्तानको उपचारका लागि सहयोग गरेका हुन् । लामो समयदेखि समाजसेवामा होमिदै आएका तामाङले दुखी, पीडितहरुलाई व्यक्तिगत रुपमा सहयोग गर्दै आएका छन ।
यसैगरी, केही दिन अगाडी सिन्धुपाल्चोक लिसाङखु पाखार २ का एक बहादुर प्रधानबाट २०१ आरएम, सुर्खेतका धान बहादुर कुँवरबाट १०० आरएम, सिन्धुपाल्चोक चौताराका निर्काजी बोम्जनबाट १०० आरएम, धनुषाका अरुन कापरबाट १०० आरएम, शिवा शंकर ५० आरएम, लक्ष्मन बस्नेतबाट १००, जनक झोसी ५१, सुजन पन्त १००, म्यानमार ३०/५०/३०, अमित दास ५०, भिम मगर ५०, शिभ २०,नारायण २५, उपेन्द्र १५, सुदन १०, विजय ११, उसतन २०, यद बाल २०, राजु २०, पुर्ण तामाङ २०, मुकेश १०,बिर्मान तामाङ २०,किरण लिम्बु २०,नाजम १००,भरत बिष्ट १००,जय लाई ओखेदा १००, मन कुमार राई १००, मदन राई ११०,कमल कर्की ३०, दणड पनि अधिकारी १०, बिन्द केसी १०, रमेश ५०, दिपक तामाङ १७०, राम तामाङ ५०, सङम तामाङ ३२७, तारा मगर ५० र प्रदीप चौधरी ५० आरएम गरी २६ सय आरएम नेपाली ७७ हजार रुपैंया स्याङ्तानलाई हस्तान्तरण गरिएको थियो ।
घरको गार्जेन नै थला परेपछि उपचारको समस्या संगै बिहान बेलुकीको छाक टार्न समस्या भएको स्याङ्तानको परिवारले जनाएको छ । करिब दुई महिनादेखि दुवै मिर्गौला काम नलाग्ने भएका स्याङ्तान र उनका परिवारले जिवन रक्षाका लागि सहयोग गर्नुहुने सम्पूर्ण धन्यवाद दिनुका साथै थोरै भएपनि आर्थिक सहयोगको अपिल गरेका छन् ।
दुबै मृगौला पीडित स्याङ्तान र उनको परिवारको बैकंमा खाता नभएको र खोल्ने तयारीमा रहेकाले सहयोग गर्न चाहानु हुनेले विरामी स्याङ्तानको ९८६६२८६९६० र सामाजिक अभियन्ता रोशनी गोले तामाङ ९८६६०४८०१३ मा फोन गरी विरामीलाई सहयोग तथा स्वास्थ्य अवस्था बारे बुझ्न सक्नु हुनेछ ।










