काभ्रे। नेकपा एमालेले काभ्रेको सवै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । एमालेले प्रतिनिधिसभा सदस्यमा गोकुल बास्कोटा र रेशम लामालाई उम्मेदवार टिकट दिएका छन् ।

एमाले स्रोतका अनुसार क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा लामालाई टिकट दिइएको छ । राप्रपाबाट संविधानसभा सदस्य भएका उनी अहिले एमालेको केन्द्रिय सदस्यमा छन् ।

प्रदेशतर्फ ‘क’मा दिलिप तामाङ र ‘ख’मा बागमती प्रदेशका पुर्व भौतिक पर्वधार मन्त्री समेत भइसकेका चन्द्र लामाले टिकट पाएका छन् ।

क्षेत्र नम्बर २ बाट एमालेका पोलिटव्युरो सदस्य तथा पुर्व सुचना तथा सञ्चार मन्त्री बास्कोटालाई नै टिकट दिइएको छ । प्रदेशसभातर्फ ‘क’मा कुमार खकुरेल र ‘ख’मा कुमार थापालाई टिकट दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय