काभ्रे । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेले काभ्रे–२ बाट चुनाव लड्ने संकेत गरेका छन् । शुक्रबार बनेपास्थित् पार्टी कार्यालयमा पत्रकारसँगको भेटघाटमा सभापति लामिछाने काभ्रे–२ बाट चुनाव लड्ने सोचमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेले जनाइएको छ ।

सभापति रविन ढकालले काभ्रे पार्टी सभापति लामिछानेको गृह जिल्ला भएसँगै चुनाव लड्ने सम्भावना ८० प्रतिशतभन्दा बढी रहेको बताए । उनले भने, ‘पार्टी सभापति (रवि लामिछाने)ले काभ्रे–२ बाटै चुनाव लड्ने संकेत गरेको छ । जसले गर्दा हामीले जिल्लाका अन्य क्षेत्रको उम्मेदवार टुंगो लगाएपनि सो क्षेत्रको टुंग्याएको छैन ।’

पार्टीका काभ्रेका सचिव सुशीलराज गिरीका अनुसार उम्मेदवार मनोनयनको मिति नजिकिदै आउँदा पार्टी सभापति लामिछानेको नजर काभ्रेतिर परेको हो । ती नेताले पार्टी सभापति लामिछाने काभ्रेबाट चुनाव लड्न सक्ने भएकोले कहाँबाट उठ्ने भन्ने बारे निर्णय नगरिएको बताए ।

उनी ३ जिल्लाका कुनै निर्वाचन क्षेत्रबाट चुनाव लड्दा हेभीवेडवाला व्यक्तिसँग नै प्रतिस्पर्धा गर्ने मनसायमा देखिएको एक नेताले बताए । ती नेताका अनुसार काठमाडौँ र चितवनमध्ये एकबाट उठ्न चर्चा भएपनि अन्तिम क्षमण आएर सभापति काभ्रेबाट चुनाव लड्ने भएको हो ।

जिल्लास्थित् नेता तथा कार्यकर्ताको पनि सभापतिले काभ्रेबाटै चुनावमा उठे हुन्थ्यो भन्ने इच्छा रहनुका साथै र सोही अनुसार नै काभ्रेबाट लड्न आग्रह गरेको छ । काभ्रे राष्ट्रिय स्वतन्त्र पार्टीको देशभरमै बलियो संगठन भएको जिल्ला रुपमा चिनिने जिल्ला पार्टीले जनाइएको छ । कार्यालयका अनुसार जिल्लाका सबै स्थानीय तहमा संगठन विस्तार भएका छन् ।

रवि लामिछाने आउने भएसँगै काभ्रे–२ को निर्वाचन थप रोचक बन्ने देखिएको छ । पुर्व मन्त्री समेत भइसकेका एमालेका पोलिटव्युरो सदस्य गोकुल बाँस्कोटाको क्षेत्रको भएकोले उनलाई पनि चुनाव जित्नै पर्ने दबाव छ ।
त्यस्तै गठबन्धनको भागबण्डामा कांग्रेसको भागको परेको उक्त क्षेत्र गठबन्धन दलका साझा उम्मेदवारको जित करिब निश्चित जस्तै छ । स्थानीय तहको मत आधारलाई हेर्दा एमालेले भन्दा गठबन्धन दल १० हजारभन्दा बढी मतले अगाडी छन् । जसले गर्दा नेता बाँस्कोटालाई जित्न भने सजिलो छैन ।

त्यसैगरी एमाले भर्सेस गठबन्धन दलको हेवीवेट प्रतिस्पर्धामा रवि लामिछानेको इन्ट्रीले थप रोचक हुने नै छ । तर रवि लामिछानेलाई दशकैदेखि काभ्रेमा जग बसालेर बसेको दलको घेरा तोडेर जित्न भने फलामको चिउरा चपाउनु सरह नै हुनेछ । त्यसैले उनलाई हेवीवेटबिचमा चुनाव जित्न भने त्यति सहज छैन ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय