काभ्रे । काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को लागि नेकपा (माओवादी केन्द्र)का नेता सुर्यमान दोङ (लालध्वज)ले उम्मेदवारी दर्ता गरेका छन् ।
माओवादी केन्द्रका नेता दोङले आइतबार काभ्रेको पनौतीस्थित् निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सत्ता गठबन्धन दलको साझा उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।


डेंगु रोगको कारण अस्वस्थकाबिच उनले उम्मेदवारी मनोनयन दर्ता गराएको थियो ।
अहिले माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज रहेका उनी पुर्व उर्जा राज्य मन्त्री समेत हुन् । निर्वाचनमा एमालेका रेशम लामासँग दोङको प्रतिस्पर्धा हुँदैछ ।
गठबन्धनबाट यो क्षेत्रको प्रदेशसभातर्फ (क) मा नेकपा (माओवादी केन्द्र)का रत्न ढकाल र (ख) मा नेपाली कांग्रेसका तिर्थ लामाले उम्मेदवारी दर्ता गराएका हुन्










