काभ्रे । काभ्रेको क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि जित बहादुर मोक्तानले उम्मेदवारी दर्ता गरेका छन् । स्वतन्त्र उम्मेदवारमा आइतबार काभ्रेको पनौतीस्थित् निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गरेका हुन् ।
उम्मेदवारी दर्तापछि पत्रकारहरुसगं कुरा गर्दै मोक्तानले आफ्नो उम्मेदवारीले काभ्रेबाट देशको राजनीतिमा नयाँ परिवर्तनको दीयो बाल्ने बताए ।


आफू काभ्रेमा जन्मे हुर्केको उल्लेख गर्दै जिल्लाको समस्यालाई भोगेकाले समाधानको भिजन र मिसन रहेको बताए । उनले धर्म, संस्कृति र सम्पदाको रक्षा गर्दै दीगो विकासको उदाहरणीय कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मोक्तान काभ्रे जिल्लाकै युवा तथा कान्छो उम्मेदवार हुन्।












