काभ्रे । नेकपा (एकीकृत समाजवादी) काभ्रेका जिल्ला कमिटी अध्यक्ष एवं बागमती प्रदेश सभाको कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाईँले पनि उम्मेदवार दर्ता गराउनुभएको छ ।

अध्यक्ष हुमागाईले पार्टीकै तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । दिउँसो ४ बजेतिर धुलिखेल स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्नु भएको हुमागाईँ उम्मेदवारी दर्ता गरेर साँझ ५ बजेपछि निस्कनुभएको थियो ।

आफुलाई दिउँसो मात्रै पार्टी केन्द्रबाट टिकट आएकाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्न केहि ढिला भएको अध्यक्ष हुमागाईँले बताउनुभयो ।

सत्ता गठबन्धनबीच सिट बाँडफाँट हुदाँ अध्यक्ष हुमागाईको क्षेत्रमा नेपाली कांग्रेसको भागमा परेको थियो । हुमागाईले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा (ख) मा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

हुमागाईले उम्मेदवारी दर्ता गर्नुअघि गठबन्धनबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका शिव प्रसाद हुमागाई, प्रदेश (क) मा नेकपा (एकीकृत समाजवादी) का लक्ष्मण लम्साल र प्रदेश (ख) मा नेपाली कांग्रेसका कञ्चनचन्द्र बादेले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय