काभ्रे । समाजसेवी तथा व्यवसायी ताराबहादुर कुँवर क्षेत्रीले उम्मेदवारी दर्ता गराएको छ । नेता कुँवरले काभ्रेको प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश सभा (क) बाट प्रदेश सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको हो ।
नेता कुवँरले आइतबार धुलिखेलस्थित् मुख्य निर्वाचन कार्यालयमा उपस्थित भई स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । उनले कमाउन लागि नभई जनताको सेवा तथा सु–व्यवस्थाको लागि समर्पित रहने प्रतिबद्धता गर्दै आगामी मंसिर ४ गतेको निर्वाचनमा आफुलाई जिताउन मतदातालाई अनुरोध गरेको छ ।


त्यस्तै उनले उम्मेदवार दर्तापछि पत्रकारसँग बोल्दै चुनाव लोकतन्त्रको उज्यलो पाटो भएको बताए । नेतृत्व लिन सबै चाहने भएपनि मतदाताले सही र गलत छुट्याएर नेतृत्व चन्नु पर्ने उनको भनाई छ । उनले भने, ‘समय आएको छ, सही नेता चुन्ने । अब जिम्मा तपाई (मतदाताहरु) कै हातमा छ ।’
नेता कुवँर हिलोमा फुलेको कमल झैं सानैदेखि संघर्षको गर्दै अहिले सफल व्यवसायीका रुपमा स्थापित छन् । उनी कुनैबेला ज्यामी, मजदुर, भरिया, टेम्पु चालक समेत भएर काम गरेको सम्झन्छन् । उनले ०७२ को भुकम्पका बेला सयौंलाई राहत सामग्री वितरण गरेका थिए ।
आगामी निर्वाचनमा विजय भएमा हरसमय जनताको सेवाका खटिरहने उनी बताउँछन् । उनले आफ्नो निर्वाचन क्षेत्रलाई कृषि, पर्यटन, स्थानीय उत्पदन लगायत धेरै क्षेत्रबाट त्यस क्षेत्रका जनताको आर्थिक तथा समाजिक जीवनस्तर उकास्ने आफुसँग कयौँ योजना रहेको समेत बताए ।










