काभ्रे । नेपाल समाजवादी पार्टीले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा समानुपतिकतर्फको मत नेकपा (माओवादी केन्द्र)लाई दिने सहमती भएको छ । विहीबार माओवादी केन्द्रको कार्यालयमा एक बैठक बसी सो निर्णय गरिएको हो ।

समानुपतिकतर्फको मत दिनेगरी भएको सहमति पश्चात जारी परिपत्रमा माओवादीको तर्फबाट जिल्ला संयोजक भोला प्रसाद अर्याल र नेपाल समाजवादीतर्फबाट जिल्ला अध्यक्ष कृष्ण भण्डारी (शिशिर)ले संयुक्त रुपमा हस्ताक्षरसहित गरेका छन् ।

समाजवादी पार्टीले प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको गोलाकारभित्रको हसिँया हथौडा चुनाव चिन्हबाट निर्वाचनमा सहभागी भएको छ ।

दुवै पार्टीले मातहातको सबै तहगत पार्टी कमिटीहरुलाई पार्टीको सबै गतिविधि एवं कार्यक्रमहरु संयुक्त रुपमा सहभागी भई प्रभावकारी ढंगले सञ्चालन तथा परिचालन गर्न अपिल समेत गरेको छ ।

त्यस्तै परिपत्रमा भनिएको छ, ‘निर्वाचनसँग सम्वन्धित सम्पुर्ण गतिविधि सञ्चालन गर्नको लागि दुवै पार्टीको जिल्ला मातहातका वडा तहसम्मका कमिटीहरुलाई संयुक्त वैठक छिटो भन्दा छिटो सम्पन्न गर्ने गराउने निर्णय गरियो ।’

संयुक्त हस्ताक्षर कार्यक्रममा दुवै दलका जिल्लासँगै जिल्ला भूगोलमा रहेका केन्द्रिय सदस्य, प्रदेश कमिटी सदस्य साथै जिल्लाका जिम्मेवार पदाधिकारीहरुको उपस्थिति रहेका थिए ।

संयुक्त परिपत्र

No description available.

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय