
धुलिखेल । सरकारले नागरिकको उपचारलाई थप सहज बनाउनका लागि उपलब्ध गराएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत जिल्लामा २९ प्रतिशतले स्वास्थ्य बीमा गरेका छन् । जिल्लाको कुल जनसंख्यामध्ये १ लाख ५ हजार ८२ अथार्त २९.८० प्रतिशत नागरिकको स्वास्थ्य बीमा भएको जिल्लास्थित् स्वास्थ्य बीमा बोर्डले जनाइएको छ ।
बार्डका अनुसार बीमा बापत ११ करोड ३५ लाख ४३ हजार ४ सय रुपैयाँ संकलन भएको भएको छ । त्यस्तै बीमाका लागि ११ हजार ४१ परिवारले नयाँ दर्ता गरेका छन् भने नवीकरण ९ हजार ५ सय ३५ परिवारले गरेका छन् । जिल्लाको १३ वटा स्थानीय तहमध्ये सबै भन्दा धेरै धुलिखेलका ७० प्रतिशत नागरिकहरूको स्वास्थ्य बीमा भएको छ भने खानीखोला गाउँपालिकामा ४ प्रतिशत नागरिकको बीमा भएको बोर्डको विवरणमा उल्लेख छ ।


विवरण अनुसार बनेपा नगरपालिकामा २३ हजार ३ सय ११, धुलिखेलमा २२ हजार ६ सय ८९, पनौतीमा १७ हजार १ सय १४ जना, पाँचखालमा १२ हजार ९ सय ६ जना, मण्डनदेउपुरमा १० हजार २ सय ४९, नमोबद्धमा ५ हजार ९ सय ८६ जनाले बिमा गराएका छन् । त्यस्तै भुम्लु गाउँपालिकामा ३ हजार ६ सय १० जना, रोशीमा २ हजार ४ सय ५७ जना, बेथान्चोकमा २ हजार ८७ जना, चौरीमा १ हजार ६ सय २८ जना, तेमालमा १ हजार ३ सय ५२ जना, महाभारतमा १ हजार ७० जना र खानीखोलामा ६ सय २४ जनाले बीमा गराएका छन् ।