काभ्रे । काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ जिल्लासँगै राष्ट्रिय राजनीतिमा समेत विशेष चासोको रुपमा हेरिएको निर्वाचन क्षेत्रमा पर्छ । यो क्षेत्रबाट आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि नेकपा एमालेका पोलिटव्युरो सदस्य गोकुल बाँस्कोटा र सत्ता गठबन्धनबाट साझा उम्मेदवार नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईं चुनावी मैदानमा छन् ।

काभ्रे–२ मा बाँस्कोटा र हुमागाईंबिचको कडा प्रतिस्पर्धालाई राजनीतिक वृतमा निकै महत्वका साथ हेरिएको छ । नेता हुमागाईंलाई गठबन्धनको समर्थन रहेको छ भने नेता बाँस्कोटा एक्लै चुनावी मैदानमा छन् ।

करिब ६ महिना अघिदेखि एमालेका नेता बाँस्कोटा विरुद्ध उम्मेदवारी दिने घोषण गरेका स्वतन्त्र उम्मेदवार मनोज पण्डित लगायत १६ जना उम्मेदवार चुनावी मैदानमा होमिएकाले यो निर्वाचन क्षेत्रमा प्रतिस्पर्धीको रोचक भिडन्त देखिएका छन् ।

बाँस्कोटाले २०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर कांग्रेसका उम्मेदवारलाई पराजित गरेका थिए । तर यस पटक त्यसको बदला लिने दाउमा कांग्रेस रहेको छ । त्यसैले गोकुलको विरुद्ध कांग्रेसले जिल्लामा प्रभावशाली मानिने नेता हुमागाईंलाई चुनावी मैदानमा अघि सारेका छन् । नेता हुमागाईं गोकुलसँग प्रतिस्पर्धा गर्न आफ्नो निर्वाचन क्षेत्र छोडेर काभ्रे–२ बाट उम्मेदवार उठेका हुन् । मतदातामा नामवलीमा उनको नाम काभ्रे–१ मा पर्छ भने काभ्रे–२ गोकुलको निर्वाचन क्षेत्र हो ।

अघिल्लो निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार भएर निर्वाचन जितेका बाँस्कोटाको लागि चुनाव जित्न सहज भने छैन । यस पटक भने माओवादीसहितको गठबन्धनबाट उम्मेदवार बनेका हुमागाईंले बाजी मार्ने सम्भावना छ ।

गठबन्धन दल र एमालेका उम्मेदवारबिच हेभिवेट प्रतिस्पर्धा भएसँगै आम सञ्चार जगत तथा मतदाताको समेत ध्यान समेत यस क्षेत्रमा बढी देखिन्छ । बाँस्कोटाले यस निर्वाचन क्षेत्रमा आफ्नो जित वा हारलाई प्रतिष्ठाको रुपमा हेरिएको बुझिएको छ । जसले गर्दा उनी चुनाव जित्नै पर्ने दबावमा रहेका छन् ।

२०७४ को निर्वाचनमा भारी मन्तरले जितेका र यसपटक प्रतिस्पर्धी उम्मदेवारभन्दा डबल मत ल्याएर जित्ने दाबी गरेका बाँस्कोटालाई सत्ता गठबन्धन तगारो बनेको छ । जिल्लाका ठुला दलमध्येका कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादी लगायतका गठबन्धन दलका उम्मेदवारलाई जित्न सजिलो भने पक्कै हुने छैन ।

अघिल्लो निर्वाचनमा सँगै रहेको माओवादी केन्द्र अहिले उनको साथमा छैन । त्यस्तै एमालेबाट विद्रोह गरी बनेको एकिकृत समाजवादी उनको लागि अर्को टाउको दुखाईको विषय भएको छ । किनकी यी दुवै दल अहिले कांग्रेससँग मिलेर चुनावमा होमिएका छन् । त्यस्तै गएको बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको मत आधारलाई हेर्दा एमालेको भन्दा सत्ता गठबन्धन दलको मत १० हजार बढी रहेको देखिन्छ ।

तर कांग्रेसभित्रको अन्तरविरोध मिलाउन नसकेको अवस्थामा त्यसको फाइदा बाँस्कोटाले लिन सक्ने सम्भवना समेत उत्तिकै रहेको एक नेताले बताए । उनको अनुसार त्यस्तो हुनबाट रोक्न गठबन्धनका उम्मेदवार हुमागाईंले टिकटका प्रतिस्पर्धी कांग्रेसका केन्द्रिय सदस्य मधु आचार्य गुटलाई मनाउनु पर्ने हुन्छ । पछिल्लो चुनाव लक्षित कार्यक्रममा नेता आचार्य र उनको निकटस्थहरु सहभागी नभएको देखिएको हुनले खतरा भने टारेको देखिदैन ।

बाँस्कोटालाई कति सहज
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि दलहरु चुनावी रणनीति निर्माणमा जुटेको छ भने दलहरु घरदैलो अभियानमा समेत निस्किसकेका छन् । काभ्रे–२ अन्तर्गत बेथानचोक गाउँपालिका, मण्डन देउपुर नगरपालिका, पाँचखाल नगरपालिकाको सबै वडासँगै धुलिखेल नगरपालिकाको १–७ र पनौतीको १, २, ३, ११ र १२ वडा पर्दछन् ।
एमालेको बलियो संगठन भएको दावी गरिएको यो क्षेत्रमा सत्ता गठबन्धनससँगको चुनावी भिडन्त रोचक देखिएको छ । यो क्षेत्रमा कांग्रेस र एकीकृत समाजवादीले समेत आफ्नो प्रभाव रहेको दाबी गर्दै आएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्रको रुपमा रहेका बास्कोटालाई ७० करोड घुस काण्डको कारण आगामी निर्वाचनमा धक्का लाग्ने समेत देखिन्छ । बाँस्कोटा काभ्रे–२ लाई आफ्नो पकड क्षेत्र मानिए पनि मतदाता भने उनीसँग खुशी देखिदैन । यसअघि उनलाई मत दिएका बताउँने मतदाताले समेत यसपटक नदिने बताउँछन् ।

यसकारण बाँस्कोटालाई हुमागाईंले रोक्न सक्छन्
काभ्रे–२ मा २०६४ को संविधानसभा निर्वाचनमा सो क्षेत्रबाट कृष्णप्रसाद सापकोटा र २०७० मा अहिलेको क्षेत्र नम्बर २ कै एक हिस्सा रहेको क्षेत्र नम्बर ४ बाट विदुर सापकोटाचुनाव जितेका थिए ।

एमालेबाट चुनाव जितेका सापकोटाद्धय अहिले अहिले बाँस्कोटाको साथमा छैनन् । एमालेका प्रभावशाली नेता रुपमा लिने उनीहरु दुवै जना नेतासँग क्षेत्र नम्बर २ को क र ख का दुवै संसदद्धय बसुन्धार हुमागाईं र लक्ष्मण लम्साल लगायतका अधिकांश नेताहरु एकीकृत समाजवादीमा छन् । यी नेताहरुको उपस्थिति नै बास्कोटालाई ठुलो चुनौती हुने जानकारहरु बताउँछन् । त्यस्तै माओवादीका समेत ठुला नेता रहेकाले गठबन्धनका उम्मदेवार हुमागाईं बास्कोटालाई मुख्य चुनौती बन्ने देखिन्छ ।

अहिले काँग्रेसको प्रभाव बढ्दो रहेको दावी गरिएको सोही क्षेत्रमा पर्ने तत्कालीन काभ्रे–३ बाट २०७० को निर्वाचनमा काँग्रेसका कञ्चन चन्द्र बादेले बाँस्कोटालाई हराएका थिए । स्थानीय तह निर्वाचन २०७९ मा सो क्षेत्रका अधिकांश पालिकामा काँग्रेसले जित हात पारेको छ । काँग्रेसले गत निर्वाचनमा सो क्षेत्रको ६ पालिका मध्ये ४ वटामा प्रमुख र एकमा उपप्रमुख पदमा जित हात पारेको छ । सो क्षेत्रको एक पालिकाको प्रमुखमा एकिकृत समाजवादी र एकको उपप्रमुखमा माओवादी केन्द्रले जितेको जित्दा एमालेले एक पालिकाको प्रमुख र तीन पालिकामा उपप्रमुख जितेका छन् ।

यसबाट तुलनात्मक रुपमा हेर्दा पनि एमाले भन्दा गठबन्धन दल बलियो देखिन्छ । जसले गर्दा आमागी निर्वाचनमा गठबन्धन दलका उम्मदेवार हुमागाईंसँग बाँस्कोटाले हार व्यहोर्नु पर्ने सम्भवना प्रवल रहेको छ ।

बाँस्कोटा र हुमागाईंमा को कस्तो ?
हुमागाईं २०५६ सालको आम निर्वाचनमा एमालेका केशव बडाललाई पराजित गरेर काभ्रेमा काँग्रेसको उदय गराएर जनस्तरमा समेत अमिट छाप छोड्न सफल नेता हुन् । काभ्रेमा मुख्य राजनीतिज्ञको रुपमा आफूलाई स्थापित गरेका उनले सो क्षेत्रमा विकासप्रेमी नेताको रुपमा आफ्नो छवि बनाउन सफल देखिन्छन् ।

त्यस्तै हुमागाईंले काभ्रे–२ को सबै क्षेत्रहरुको अंकगणितीय हिसावकिताब समेत राम्रोसँग राख्ने गरेका छन् । उनलाई अन्य दलहरूको रणनीतिलाई सहजै बुझ्न र त्यसको प्रतिउत्तर दिन महिर मानिन्छ ।

२०७४ मा बाम गठबन्धनबाट उम्मेदवार भई निर्वाचन जितेर मन्त्री पदमा रहँदा विभिन्न विवादमा मुछिएका कारण बास्कोटालाई जनमत आफ्नो पक्षमा पार्न निकै मेहनत गर्नु पर्ने देखिन्छ । त्यस्तै निर्वाचन क्षेत्रमा उनले काम भन्दा धेरै भ्रम छरेको आरोप लागेकाले थप चुनौती झेल्नुपर्ने जानकारहरु बताउँछन् ।

थाहाकर्मीले तपाईको भोट यसपटक कसलाई भनेर सोधिएको प्रश्नको जवाफमा उनकै निर्वाचन क्षेत्रका मतदाताले बाँस्कोटाको विरुद्धमा मतदान गर्ने बताएका थिए । ती मध्ये एक जना ६७ वर्षीय मतदाताले भने, ‘गोकुल बाँस्कोटाले कुरा मात्रै ठुलो गरेर अरुले गरेको कामको जससमेत आफुले लिन खोजे, जनतामा भ्रम छरे । ७० करोड काण्डमा मुछिएको भ्रष्टाचारीलाई यसपटक हराउनु पर्छ । भोट माग्न आयो भने मेरो भोट आउँदैन भनेर भनिदिने हो ।’

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय