काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिमा काभ्रेबाट ३ जना निर्वाचित भएका छन् । माओवादीको आठौं महाधिवेशनमा काभ्रेबाट प्रतिनिधित्व गर्ने  रुकु चौलागाईं (रचना) सहित  ३ जना सो पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचित हुनेहरुमा माओवादी केन्द्र काभ्रेका अध्यक्ष चौलागाईंसहित मिना तामाङ (रन्जिता) र कमला दोङ (शान्ति) रहेका छन् । जिल्लाबाट केन्द्रिय सदस्यमा निर्वाचित तीनै जना महिला हुन् । तर पुरुष भने कोहि केन्द्रीय समितिमा अटाएनन् ।

रुकु चौलागाईं खस आर्यतर्फ (पुरुष, महिला र युवा) बाट केन्द्रिय सदस्य हुँदा मीना तामाङ जनजाति महिलातर्फबाट र जनजाति युवा महिलातर्फबाट कमला दोङ केन्द्रिय सदस्य निर्वाचित भएका हुन् ।

प्रचण्डले ६३ सिट खाली गरेर खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका हुन् ।

माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने व्यवस्था छ । बाँकी ६३ सदस्य भने केन्द्रीय समितिको बैठकले मनोनयन गर्ने कार्यतालिका छ । यस्तै माओवादीको पदाधिकारी १५ सदस्यी हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय