काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यको सूचीमा बागमती र कर्णाली प्रदेशका उपसभामुख परेका छन् ।

आइतबार साँझ माओवादीको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ र कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्तीको नाम केन्द्रीय सदस्यमा घोषणा गरेका हुन् ।

महाधिवेशनको बन्दसत्रमा प्रचण्डले उनीहरूको नाम आर तामाङ र पी घर्ती भनेर बाचन गरेका थिए । संसदीय अभ्यासमा सभाका सभामुख र उपसभामुख कुनै पनि दलको सदस्य नहुने प्रचलन छ ।

सभामा निर्वाचित भएपछि सम्बन्धित व्यक्तिले दलीय जिम्मेवारीबाट राजीनामा दिनुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय