काठमाडौं । नेपालको पहिलो महिला सभामुख हुनओनसरी घर्ती । रोल्पा जिल्लाको जंकोट –१ माडी चौरमा निम्न मध्यम वर्गीय मगर परिवारमा वि.सं. २०३४ कार्तिक २८ गते जन्मनुभएकी घर्ती सानैदेखि खेलकुदमा तथा नृत्यमा अभिरुचि राख्ने उहाँ पढाइमा पनि उत्तिकै तेज हुनुहुन्थ्यो । औपचारिक रूपमा माध्यमिक तहसम्मको अध्ययन पुरा गरेपछिभने उहाँ राजनीतिमा सक्रिय हुनुभयो ।
२०४६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गर्नुभएकी घर्ती २०४८ सालमा विद्यार्थी सङ्गठनको जिल्ला कोषाध्यक्ष र महिला जिल्ला सदस्य हुँदै तत्कालिन नेकपा (एकता केन्द्र)को पार्टी सदस्यता प्राप्त गर्नुभयो । माओवादीले २०५२ सालदेखि सुरु गरेको सशस्त्र सङ्घर्षमा रोल्पाबाट दलमा आबद्ध हुने थोरै महिला लडाकुमध्ये घर्ती एक हुनुहुन्छ । विसं २०५२ मै माओवादी नेता वर्षमान पुन सँग जनवादी प्रेम विवाह गर्नु भएकी उहाँमा ओवादीको सशस्त्र सङ्घर्षको सुरुवातको रोल्पा होलेरी चौकीआक्रमणमा लडाकुका रुपमा सहभागी हुँदै सशस्त्र दशवर्षे जनयुद्धमा भूमिगत जीवन बिताउनुभयो ।


नेपालको संविधान २०७२ जारी भए संगै नेपालको पहिलो महिला सभामुख हुनुभयो । यस अघि उपसभामुख पदमा रहेर कार्य गरिसक्नु भएकी घर्तीले वि.सं. २०७२–०७४ सम्म सभामुख बन्नुभयो । २०७० को संविधान सभा निर्वाचनमा रोल्पा क्षेत्र नं.२ बाट निर्वाचित हुनुभएको थियो । त्यस्तै ०६४ र ०७० मा समानुपातिक सांसद बन्नुभएको थियो । उहाँ नेपाल कम्युनिष्टपार्टी (नेकपा)को प्रदेश–५ कीअध्यक्ष पनि हुनुहुन्छ । हाल नेकपामा ओवादी केन्द्रको स्थायी कमिटी सदस्य पनि हुुनुहुन्छ ।
मंसिर ४ गते हुनगइरहेको प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नु भएकीनेतृ घर्तीले देशको विकास र समृद्धिलाई आफ्नो प्रमुख एजेण्डा रहेको बताउनुभएको छ ।
घर्तीसँग प्रेस सेन्टर नेपालका लागि पुष्पा महराले गर्नुभएको कुराकानीको अंशः
तपाई नेपालको पहिलो महिना सभामुख । तपाईको कार्यकालमागर्नुभएका राम्राकामहरु केके हुन् ?
मैले मेरो कार्यकालमा एक सय भन्दाबढी कानुनहरु निर्माण भयो । म सभामुख भएका बेला मेरो विशेष पहलमा महिला हकहित तथा संघ/प्रदेश र स्थानीयको आवश्यकताका आधारमा कानुन परिमार्जन गरियो । वर्षाे देखि जरा गाडेर बसेको मुलुकी ऐनलाई परिमार्जन गर्न सकियो । मौलिक हक सम्बन्धी विभिन्न कानुन निर्माण भयो । उत्तम कुरा त महिला हक हितका लागि कानुन निर्माण गर्न सफल भए । महिलाको ४० प्रतिशत सहभागिता, अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख उपप्रमुखमा एक महिला नै हुनुपर्ने भन्ने मेरै बेलामा भएको हो । त्यस्तै पैतृक सम्पत्तिमा जम्नसिद्ध छोरा सरह छोरीको पनि समान हक हुनुपर्ने व्यवस्था ल्याइयो ।
तपाईका चुनावीएजेण्डाहरु केके छन् ?
हरेक तह र तप्काका जनसमुदायको भावनालाई सम्बोधन हुने गरी कानुन निर्माण गर्ने ।विकास निर्माणका सवालमा जनताको पहुँच सरकार सम्म पु-याउनेछु । स्थानीय तवरमा शंखरापुर नगरपालिकालाई पर्यटकीय नगरी बनाउने छु । कागेश्वर मनोहरालाई स्पोर्ट सिटी बनाउने र काठमाडौं महानगरपालिक भित्र पर्ने वडा नं. ९ र ३२ को शहरलाई कोर सिटी अर्थात सफा, सुन्दर र गुणस्तरीय विकास गराउने छु । यस क्षेत्रमा रहेका करिडोरको समस्यादेखि जग्गाएकी करणको समस्या, मुआब्जाका समस्या लगायत विभिन्न समस्याहरु समाधानका लागि पहल गर्नेछु । जनताको गाँस बास र कपासको व्यवस्था तथा जनताको दैनिक जीवनमा आईपर्ने खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सुधारका लागि विशेष पहल गर्नेछु ।
यस क्षेत्रको मुख्य समस्याहरु के के छन् ?तपाईले जित्नुभएपछिति समस्या समाधानगर्नुहुने छ ?
यहाँ मुख्यतःबाटोको समस्या छ । त्यस्तै यहाँ खानेपानीको बिकराल समस्या छ । जहाँ मेलम्चीको पानीको पहुँच नपुगेको स्थान पनि छ, सुन्दरी जलको पहुँच नभएको स्थान पनि छ । अव्यवस्थित करिडेर, अव्यवस्थित ढल निकास तथा जग्गाएकीकरणको कुरा समयमै कार्यान्वयन नहुँदा जनता समस्यामा छन् । त्यस्तै सफा सुन्दर र गुणस्तरीय विकास हुनुपर्ने जनताको माग छ । नजिकै रहेको शिवपुरी वन्यजन्तु आरक्षणबाट जंगली जनावरहरु आएर मानिसलाई क्षति पु-याउने समेत गरेका छन् । त्यसको व्यवस्थापन समेत गर्नुछ ।
तपाई रोल्पाको मान्छे, किन काठमाडौंबाट चुनाव लड्ने निर्णय गर्नुभयो ?
मेरो उम्मेदवारी महिलाहरुको प्रतिनिधित्व र प्रोत्साहन स्वरुप हो । त्यस्तै मेरो पार्टी र गठबन्धनले यस क्षेत्रमा नै महिला उम्मेदवार हुनुपर्छ भनेर निर्णय ग-यो । त्यस्तै एक राजनीतिज्ञका लागि भुगोलको सीमा हुँदैन । जनताको सेवा जहाँ गएर पनि गर्न सकिन्छ । म पनि जनताको सेवा गर्न तम्तयार भएकी हुँ । मलाई अवसर दिनुस् । म गरेर देखाउनेछु ।
अर्काे कुरा काठमाडौं भनेको विज्ञ र वृद्धिजिवीहरुको बसोबास रहेको स्थान पनि हो, यहाँ उनीहरु सँगै बसेर काम गर्दा सिकेका ज्ञानहरुलाई मैले रोल्पामात्रै होइन, देशैभरी बाँड्न सक्छु ।
यो निर्वाचनमामाओवादीलाई नै मतकिनदिने ?
यस पटक जनताले मेरो गठबन्धनलाई मत दिनुपर्छ । हामी प्रतिगमनको विरुद्धमा र परिवर्तनको पक्षमा उभिएका छौं । संविधानको रक्षा र स्थिर सरकार बनाउँदै जनताको समृद्धिको लक्ष्य राखेका छौं । परिवर्तन खोजि रहनु भएका जनताले गठबन्धनलाई भोट दिनुहुन्छ । त्यस्तै यो पटक महिलालाई भोट दिनुहोस् भन्न चाहन्छु । महिला कमजोर छैनन् । काम गर्न सक्छन् भन्ने म प्रमाणित गरिदिने छु ।
आम मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
जनसमुदायहरुले मलाई निकै स्वागत गर्नुभएको छ । उहाँहरुले आफ्नै छोरी, चेली, दिदीबहिनीको रुपमा लिनुभएको छ । समुदायहरुसँग हाम्रो छलफल हुन्छ । त्यस बेला उहाँहरुको तर्फबाट पनि केही प्रश्नहरु आउँछन्, म त्यसको जवाफ दिन्छु र उहाँहरु म बाट निकै आशावादी पनि हुनुहुन्छ र मलाई सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभएको छ । २ नम्बर क्षेत्रका वासिन्दाहरुमा एक प्रकारको उत्साह छ ।
चुनाव जित्नेमा कत्तिको विश्वास छ ?
चुनाव जित्नेमा म ढुक्क छु । उसै पनि गठबन्धनको मतले हामी धेरै माथि छौ । त्यस्तै चुनावीप्रचार प्रसारमा जनताको प्रतिक्रियाले पनि हामी निकै अगाडि छौं ।










